बुद्ध दर्शन विपरित बोलेको छैन – भिक्षु तारा तामाङ

-भिक्षु तारा तामाङ
मैले फेसबुक तथा सामाजिक सञ्जाल हरुमा धेरै मनोरञ्जन र तार्किक हल्ला जे गरे पनि बुद्ध दर्शन तथा सिद्धान्त को मर्यादाविपरीत तर्क गरेको छैन, यदि कसैलाई लाग्छ भने प्रमाणित गर्नु होस् र मलाई आफ्नो गल्ती सच्याउन सघाउने कृपा कार्य गर्नु होस्।
कुनै जात-जाति, धर्म,भाषा, संस्कृति को पहिचान, सामाजिक तथा धार्मिक सद्भाव विथोल्ने, विभेद, छुवाछूत, हत्या-हिंसा लगायत अप्रिय परिणाम उत्पन्न हुने तर्क गरेको छ भने बुद्धको सिद्धान्त मर्यादाविपरीत हो।
मैले त्यस्तो कुनै तर्क गरेको छैन।
मैले सबै समुदाय लाई सम्मानित नेपालित्वा मनमा राखी आफ्नो बुद्धिष्ट समुदाय प्रति भएको ऐतिहासिक घटना क्रम देखि अहिलेको युग सम्म भईरहेको वस्तुगत को अन्तरविरोध लाई नियालेर सहि या गलत, समर्थन या विरोध भन्ने दृष्टिकोण मध्यम तर्क गरेको छु।
तसर्थ मैले बुद्धिष्ट को अपमान होईन सम्मान हुनु पर्ने तर्क गर्दा अरु धर्म लाई अफ्ठ्यारो हुन्छ भने मेरो भन्नु केहि छैन। यस्तै संसारिक सामुदायिक पहिचानको सम्मान रोज्नु पनि अरु लाई ठोस पुग्छ भने हाम्रो भन्नु केहि छैन।
पहिचानको राजनितिक के हो, कस्तो हो मलाई थाहा छैन, तर हरेक समुदायको धर्म,भाषा,संस्कृति को अस्तित्व लाई विभेदरहित सम्मान हुनु पर्छ, स्वतन्त्रको सम्मान अधिकार, राज्य र सर्वसाधारण शासक र नोकर सरह होईन मानवीय सद्भाव हुनु पर्छ भन्ने बुद्ध दर्शनीय सिद्धान्त को मर्यादा मा आधारित मैले तार्किक आवाज उठाउने गरेको छु। कसैलाई केहि भन्नु छ?
म २१औ शताब्दीको बुद्धिष्ट हौ। आध्यात्मिक सिद्धान्त मात्र होईन, केहि जायज अहिंसात्मक भौतिकवाद लाई पनि अंगाल्दै नयाँ दुनियामा आधुनिक बुद्धिष्ट बन्नु पर्ने समय सान्दर्भिक रुपान्तरित विषय हो।
त्यसैले आध्यात्मिक र अहिंसात्मक भौतिकवाद कै दृष्टिकोण मध्यम सामाजिक तथा धार्मिक कार्य प्रति मैले आफ्नो जिवन समर्पित गरेको छु।
म एक बुद्ध दर्शनमा अध्यन गर्ने विध्यार्थी भएको हुनाले नयाँ युगमा सामाजिक विवेचना तथा सामाजिक व्यवस्थापन अर्थात गणराज्य, स्वतन्त्र, पवित्र, मानवीय, समाज सेवा, मुक्ति लगायत को अायाम तथा व्यवस्था गर्ने विषयगत प्रति बुद्ध दर्शनमा प्रतिबिम्बित मार्ग दर्शन लाई प्रस्तुति तथा प्रदर्शन गर्नु पर्ने दायित्व हो। त्यसैले मैले यहि मार्ग दर्शनीय मर्यादामा अडिग आफ्नो तर्फ बाट पुर्णरुपमा कोशिश गरिरहने छु। सोचे जस्तो होला, नहोला त्यो आफ्नो ठाउमा छ।
बुद्ध दर्शन मुलभुत रुपमा आध्यात्मिक सिद्धान्त झै लागे पनि यस भित्र अनेक मार्ग दर्शनीय सिद्धान्त हरु छन्।
अब कोहि कसैले पनि मलाई राजनीतिक पार्टी दृष्टिकोण तथा जातिवाद को नजर अन्दाजी र शंकास्पद दृष्टिले नहेर्नु होला। एक स्वतन्त्र बुद्धिष्ट दर्शनीय प्रतिबिम्बित रुपमा हेर्नु होला।
मैले “बहुजन हिताय,बहुजन सुखया” यस मर्यादित दृष्टिकोण मार्फत तर्क गर्ने छु।
अन्तमा अब सबै बुद्धिष्टहरु २१औ शताब्दीको समय सान्दर्भिक रुपान्तरित आधुनिक बुद्धिष्ट बन्नु हुन मेरो हार्दिक अपिल प्रकट गर्दा छु।
धन्यवाद।