हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

सद्भावना उपाध्यक्ष, माओवादी केन्द्रका केन्द्रीय नेतासहित दर्जनौं नयाँ शक्तिमा प्रवेश

naya-shakti-2

काठमाडौं, ९ असार । सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा पूर्व सभासद शिवचन्द्र कुशवाहा र माओवादी केन्द्रका केन्द्रीय सदस्य किरणकुमार साहसहित तीन दर्जनभन्दा धेरै नेता तथा कार्यकताहरु नयाँ शक्तिमा आवद्ध भएका छन् ।

नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालय बबरमहलमा बिहीबार आयोजित एक कार्यक्रममार्फत उनीहरु नयाँ शक्तिमा समाहित भएका हुन् ।
यसैगरी एमाओवादी पूर्व भोजपूरा राज्य सचिवालय सदस्य बसन्त नेपाल, माओवादी केन्द्रका रौतहट जिल्ला सदस्यहरु जयप्रकाश साह, चन्द्र भूषण प्रसाद साह, बारा सदस्य होश नारायण यादव, एमाले रौतहट जिल्ला सदस्य रवि मिश्र, नेपाली कांग्रेस रौतहट जिल्ला सदस्य राकेश झालगायत विभिन्न पार्टीका दजर्नौ तीन दर्जन नेता कार्यकर्ता पनि नयाँ शक्तिमा समाहित भएका छन् ।

विभिन्न पार्टीका नेता कार्यकर्तालाई नयाँ शक्तिमा स्वागत गर्दै नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले नयाँ शक्ति दोस्रो, तेस्रो वा चौथो पार्टी बन्नेभन्दा पनि पहिलो पार्टी बनेर समृद्धिको नेतृत्व गर्न गठन भएको बताए ।

‘तीन वटै क्लस्टरको एकताबाट राष्ट्रिय एकता कायम गर्दै समृद्धिको नेतृत्व गर्नु नयाँ शक्तिको ध्येय हो,’ संयोजक भट्टराईले भन्नुभयो, ‘अधिकारसम्पन्न जनताको अधिकारसहितको एकताबाट मात्र यो सम्भव छ ।’ संयोजक भट्टराईले नयाँ शक्ति कुनै पुरानो पार्टीको परिमार्जित रुप नभई यो जगैदेखिको एकता भएको बताए । ‘जसरी मन्दिरमा प्रवेश गर्दा जुत्ता फुकालेर प्रवेश गरिन्छ, त्यसैगरी नयाँ शक्तिमा विगतका आग्रह पूर्वाग्रह त्यागेर नयाँ बन्दै समाहित होऔं,’ उनले भने ।

नयाँ शक्तिमा प्रवेश गर्दै सद्भावनाका राष्ट्रिय उपाध्यक्ष तथा पूर्वसभासद शिवचन्द्र कुश्वाहाले ३५ वर्षसम्म व्यवस्था फेर्न राजनीतिमा लागेको भन्दै अब भावी पुस्ताकोलागि राजनीति गर्न नयाँ शक्तिमा प्रवेश गरेको बताए । उनले नयाँ पार्टीमा समाहित भएपछि पुराना आग्रह, पूर्वाग्रह बिर्सिएर जीवनव्यवहार, कार्यशैली र बोलीचालीमा नयाँ बन्न सम्पूर्ण नवप्रवेशीलाई आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य किरण कुमार शाहले माओवादीले विगतका आन्दोलनका मुद्दा बिर्सिएर सत्ताकेन्द्रित राजनीतिमा उद्यत रहेको भन्दै मुलुकको नयाँ आवश्यकताको नेतृत्व गर्न नयाँ शक्तिमा समाहित भएको बताए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution