संङघीय गठबन्धन इजरायल द्वारा शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने

संङघीय गठबन्धन इजरायल द्वारा शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने भएको छ | गत बर्ष संविधान जारी भएको असोज ३ गतेका दिनलाई प्रतिगामी संविधान जारी गरेको कालो दिनको संज्ञा दिंदै शान्तिपूर्ण विरोध कार्यक्रम आयोजन गर्ने भएको छ | उक्त कार्यक्रममा उपस्थितको लागि इजरायलवासी महानुभावहरुलाई हार्दिक निमन्त्रणा गरेको छ | निमन्त्रणाको पूर्ण अंश :
हार्दिक निमन्त्रणा!!!
“संविधान यथासिघ्र संशोधन/पुनर्लेखन गर, हाम्रो शान्तिपूर्ण राष्ट्रिय मुक्ति आन्दोलन जारिछ” |
पहिचान र संङघीयतवादी उत्पीडित श्रमजीवि आम न्यायप्रेमी इजरायलवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक अपिल/आब्हान गर्दछौ |
संङघीय गठबन्धन,इजरायलको आयोजनामा यहीं आउदो १६ सेप्टेम्बर २०१६ शुक्रबार तेलअविव शहर स्थित लेवेन्सकी स्ट्रेट -९९ मा रहेको नयाँ विल्डीङको आठौं तल्लामा रहेको हलमा ठिक ५:०० बजे असोज ३ गते प्रतिगामी संविधान जारी गरेको कालो दिनलाई शान्तिपूर्ण विरोध कार्यक्रम गरि मनाउने भएको हुँदा उक्त शान्तिपूर्ण विरोध कार्यक्रममा संङघीय गठबन्धन संग सरोकारवाला संगठन,संघ र संस्थाहरु तमुवान, मगरात, तामसालिड०, किरात, लिम्बुवान, शेर्पा, नेवा, मधेस, थरूहट, खसान, शिल्पी स्वायत्त प्रदेशका इजरायलमा कार्यरत उत्पीडित श्रमजीवि आम पहिचान र संङ्घीयवादी न्यायप्रेमी सबै शुभेच्छक, समर्थन र सहयोगी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा उपस्तिथीको लागि हार्दिक अनुरोध /आग्रह /अपिलको साथै आब्हान गर्दछौ |
नोट: असोज ३ गते ( १९ सेप्टेम्बर २०१६ ) तारिक परेता पनि प्रवासको कामको छुट्टीको अनुकुलतालाई मध्येनजर गर्दै, १६ सेप्टेम्बर २०१६ शुक्रबार कार्यक्रमको आयोजना गरिएको सबैमा अवगत गराऊदछौ |
आयोजक:
संङघीय गठबन्धन,इजरायल |