हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रधानमन्त्री दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे लिखित सुझाव बुझाए

प्रधानमन्त्री पुष्पकमल दाहाल यही भदौ ३० गते भारत भ्रमणका लागि प्रस्थान गर्ने भएका छन् । उनको भारत भ्रमणलाई लिएर विभिन्न निकाय, कुटनीतिज्ञ देखि राजनीतिक दलकार शीर्षस्थ नेताहरुले पनि सुझाव दिईरहेका छन् ।

यसै क्रममा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री दाहाललाई ६ बुँदे लिखित सुझाव दिएका छन् ।

ओलीले आफ्नो सुझावमा भारसँग भएको सहमति र सम्झौताहरुलाई नेपालको हित अनुकूल अघि बढाउन भनेका छन् । त्यस्तै अघोषित नाकाबन्दीपछि नेपाल र भारतबीचको सम्बन्धमा उत्पन्न असहज स्थिति आफ्नो भारत भ्रमणबाटै समाप्त भएको पनि अवगत गराएका छन् ।
प्रधानमन्त्री दाहाललाई ओलीले दिएको ६ बुँदे सुझावको पूर्णपाठ यसप्रकार छ ।

*****

मितिः २०७३ । ५ । २६

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू,
प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार, काठमाण्डौ ।

विषयः ध्यानाकर्षण ।

महोदय, यही भाद्र ३० गतेदेखि तपाईले भारत भ्रमण गर्नुहुने कुरा सार्वजनिक जानकारीमा आएको छ । प्रधानमन्त्रीको तर्फबाट हुने यस्ता भ्रमणका बारेमा देशका प्रमुख राजनीतिक दलहरुका बीच समेत औपचारिक रुपमा विचार विमर्श हुने परम्पराको अुनशरण गरिएको देखिएको छैन । नेपालको वैदेशिक सम्बन्धका आधारहरु नेपालको संविधानमा नै स्पष्ट छन् । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्दै राष्ट्रिय हितलाई सर्वोपरी मानेर वैदेशिक सम्बन्ध संचालन हुनुपर्ने कुरा प्रष्ट छ । यही मान्यता अनुरुप नेकपा (एमाले) दुबै छिमेकी देशहरु – भारत र चीनसंग संयुक्त राष्ट्र संघको बडापत्र तथा पञ्चशीलको सिद्धान्तका आधारमा सुमधुर सम्बन्ध कायम राख्न चाहन्छ । पारस्परिक सम्मान र हितमा आधारित यस्तो सम्बन्ध दिगो हुनुका साथै नेपालको हितमा हुनेमा पनि नेकपा (एमाले) स्पष्ट छ । यी मान्यता तथा तपाईले नेतृत्व गर्नुभएको सरकारले भारतसंग गर्न खोजेका कार्यको चर्चाका सन्दर्भमा निम्नलिखित विषयमा तपाईको ध्यानाकर्षण गर्न चाहन्छौं :

१) वर्तमान सरकार गठन पूर्व नेकपा (एमाले) को नेतृत्वमा रहेको सरकारले नेपालको संविधानको मार्ग निर्देशन तथा नेपालको हित अनुकूल भारत र चीनसंग सुमधुर सम्बन्ध कायम गर्ने तर्फ पाइला चालेको तथ्य स्मरण गराउन चाहन्छु । मेरो नेतृत्वमा संयुक्त सरकार गठन हुनु अघि अघोषित नाकाबन्दीका कारण नेपाल – भारतसम्बन्धमा उत्पन्न असहज स्थिति मेरो भारत भ्रमण पश्चात् समाप्त भएको यथार्थ सबैका सामु छँदैछ । त्यसै बेला नेपालको पारवहन र व्यापारमा सहयोग पुग्ने लगायतका सात सम्झौता हुनुका साथै दुई देशका बीचको सम्बन्ध सामान्य अवस्थामा फर्काइको तथ्य पुनः अवगत गराउन चाहन्छु । यस क्रममा नेपाल–भारतका बीच सम्पन्न सहमति र सम्झौताहरुलाई नेपालको हित अनुकूल अघि बढाइयोस्।

२) नेपालले चीनसंग पारबहन सुविधा प्राप्त गर्ने ऐतिहासिक सम्झौता नेकपा (एमाले) को नेतृत्वमा संचालित सरकारका पालामा नै भएको हो । यसका साथै नेपाल र चीन बीच व्यापार–व्यवसाय बृद्धिका लागि यातायात सम्पर्क–सम्बन्धमा व्यापक बृद्धि गर्ने लगायतका दश सम्झौताहरु भएका थिए । यी सबै सम्झौताहरु नेपालको हितमा र दुई देशको पारस्परिक लाभमा आधारित छन् । यी सहमति र सम्झौताहरुलाई नेपालको हित अनुकूल अघि बढाइयोस् ।

३) मेरो नेतृत्वमा रहेको सरकारमा तपाईको दलसमेत सहभागी भएको कुरा स्मरण गराउँदै भारत र चीनसंग नेपालको सर्वोपरी हित अनुकूल गरिएका सहमति तथा सम्झौताबारे वर्तमान सरकारको स्पष्ट धारणा सार्वजनिक हुनुपर्छ भन्ने नेकपा (एमाले) को माग रहेको छ । साथै नेपालको हित, स्वाधीनता र स्वाभिमानमा आँच पु-याउने कुनैपनि काम–कुरा नगरियोस् ।

४) विगतमा नेपाल–भारतसम्बन्धका सन्दर्भमा नेपाली जनता बीच भएका बहस र ती विषयमा नेपालको हितको संरक्षण हुनुपर्नेमा देशभक्त नेपालीहरुले जोड दिदै आएको तर्फ तपाईको ध्यान गएकै होला भन्ने अपेक्षा गरिएको छ ।

५) नेपाल–भारत सम्बन्धलाई माथि उल्लेखित मान्यता तथा पारस्परिक सम्मान, विश्वास र लाभका आधारमा सुमधुर बनाउन लामो समयदेखि बहस र छलफल हुँदै आएका तथा हालै चर्चामा रहेका यी विषयमा नेपालको हित अनुकूल विचार र दृष्टिकोण राखियोस्भनी नेकपा (एमाले) माग गर्दछ :

सन् १९५० को सन्धी र त्यससम्बन्धमा भएका पत्राचारहरुको पुनरावलोकन र अद्यावधिक गर्ने विषयमा स्पष्ट विचार राखियोस्।
कानूनी सहायता तथा सपुर्दगी सन्धीमा नेपालले लामो समयदेखि नेपालका अदालतमा विदेशी कानून व्यवसायीहरुले बहस–पैरवी गर्न पाउने तथा तेस्रो मुलुकको नागरिकलाई सुपुर्दगी गर्ने भन्ने प्रावधानहरु हटाइयोस् भनी राख्दै आएको अडान कायमै राखियोस् ।
महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धि अन्तर्गत विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्दा महाकालीको आधा पानीमा नेपालको हक रहने, लाभको हिस्सा अनुरुप लगानी हुनुपर्ने, विद्युत उत्पादनको परिमाण घटाइनु नहुने जस्ता विषयमा यथोचित छलफल गरेर मात्र अन्तिम निर्णय लिने कार्य गरियोस्।

काठमाण्डौँ–तराई मधेश द्रुत मार्ग नेपाल सरकारले आफै निर्माण गर्ने गरी स्रोत परिचालन गर्दै राष्ट्रिय हितको आधारमा अघि बढाइयोस्।
हुलाकी राजमार्गको यथाशीघ्र निर्माण गर्नको लागि भारत सरकारको सहयोगबारे स्पष्ट गरियोस् र यो मार्गको भविष्य अनिश्चित हुने कुनैपनि काम नगरियोस्।

नेपालसंग सीमा जोडिएका भारतीय इलाकामा अन्तर्राष्ट्रिय कानून र मान्यता विपरीत निर्माण गरिएका संरचना तथा दशगजा क्षेत्रमा भएको अतिक्रमण हटाइनु पर्ने कुरा स्पष्ट रुपमा राखियोस्।
नेपालको भूभाग जलमग्न हुने वा डुवान हुने समस्या समाधान गर्ने विषयलाई प्राथमिकताका साथ उठाइयोस्।
जलस्रोत लगायत नेपालका प्राकृतिक स्रोतको उपयोग र विद्युत उत्पादन तथा विक्रि– वितरणसम्बन्धी विषयमा नेपालको हित संरक्षण तर्फ ध्यान दिइयोस्।
नेपालले इन्धन आपूर्तिका लागि भारतमा मात्र निर्भर रहनुपर्ने शर्त मान्ने गरी शर्तबन्दी गरेर पाइपलाइन बिछ्याउने कार्य नगरियोस् । नेपाल–भारत सीमा क्षेत्रमा इन्धन आपूर्तिका लागि पाइपलाइन बिछ्याउँदा नेपालले अन्य देशबाट समेत इन्धन आयात गर्नसक्ने प्रावधान खुला राखियोस्।

दुई पक्षीय सुरक्षा सहयोगमा नेपालको स्वतन्त्रता र हित कुण्ठित नहुने कुरा सुनिश्चित गरियोस्।
सीमा अपराध नियन्त्रण र दुबै देशले आ–आफ्नो भूमि एक अर्का विरुद्ध प्रयोग हुननदिने विषयलाई पारस्परिक हितको विषयका रुपमा प्रस्तुत गरियोस्।

नेपाल रेडियो र नेपाल टेलिभिजन जस्ता राष्ट्रिय सरकारी संचार माध्यममा विदेशी सल्लाहकार र प्रशिक्षक राख्ने वा यी संचार माध्यममा प्रसारित हुने सामग्री उत्पादन र वितरणमा विदेशीको संलग्नता हालसम्म नरहेको स्थितिलाई कायम राखियोस्।
नेपालको आन्तरिक मामिलामा वाह्य सरोकार र चासो अनावश्यक रुपमा बढाउने कुनैपनि कार्य प्रकारान्तरले समेत नगरियोस्।

६) वर्तमान विश्वमा साना–ठूला सबै देशहरुले आफ्नो हितमा कूटनीति संचालन गर्ने र दुई पक्षीय वा बहुपक्षीय सम्बन्धमा आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता साथ उठाउने सामान्य प्रचलन र अभ्यास नै हो । यस्तै अभ्यास अनुरुप नेपाल जस्तो भूराजनीतिक स्थितिमा रहेको देशको सरकारले राष्ट्रिय हितमा कुरा गर्दा वा नीति अवलम्वन गर्दा त्यसलाई आवेगयुक्त, असन्तुलित आदि जस्ता शब्दावलीले प्रहार गर्नु प्रकारान्तरले नेपालको राष्ट्रिय हितमा उठाइने आवाज प्रतिको उपेक्षा वा त्यस्ता आवाजहरु दमित होउन्भन्ने आशय मात्र ठहरिन्छ । आफ्नो देश र जनताको हितमा कुरा गर्नु कसैप्रतिको कुनै दुर्भाव वा सम्बन्ध असन्तुलित तुल्याउने भनी अथ्र्याउनु सर्वथा अनुचित र गलत हो । अतः नेकपा (एमाले) ले सरकारमा रहँदा वा नरहँदा देश र जनताको हित र स्वाभिमान तथा समृद्धिका लागि निरन्तर अघि सारेका विषय र कुराहरु समग्रमा नेपाल तथा यसका छिमेकीहरुका लागि पनि हितकारी छन्भन्ने कुरा स्पष्ट गर्न चाहन्छु । माथि उल्लेखित विषयहरुका साथै दुई पक्षीय छलफलका क्रममा उठ्नसक्ने विषयहरुमा नेपालको राष्ट्रिय हित र स्वाभिमान अनुरुप नै नेपाल सरकारको दृष्टिकोण र अडान तपाईको भारत भ्रमणका क्रममा प्रस्तुत हुनेछ भनी तपाईको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । भ्रमणको सफलताको कामना गर्दछु ।

भवदीय, के.पी. शर्मा ओली अध्यक्ष






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution