सञ्चारमन्त्रीको दवावपछि उपत्यकामा भारतीय च्यानल प्रशारण
काठमाडौं १५ असोज । केवल टेलिभिजन सञ्चालकहरुले पुन भारतीय च्यानलहरु प्रशारण गर्न थालेका छन् । १२ गते बाट देशभर बन्द गरिएको भारतीय च्यानल प्रशारणलाई केवल सञ्चालकहरुले शुक्रबार साँझबाट प्रशारण थालेको पाइएको छ । चितवन, दांग, कास्की लगायत जिल्लामा एकसातादेखी नै बन्द रहेपनि काठमाडौं उपत्यकामा भने केवल सञ्चालकहरुले नागरिकस्तरबाटै भारतीय च्यानल बन्द गराउन माग भएपनि सरकारी दवावमा भारतीय च्यानल प्रशारण गरेका हुन् ।
अघिल्लो शनिवार नेपाल आउन लागेका दुई दर्जन बढी जथाभावी समाचार प्रशारण गर्ने भारतीय पत्रकारलाई सिमाबाट छिर्न नदिएको नेपालमा देशभर भारतीय च्यानल बन्द गर्न दवाव भएपनि सञ्चारमन्त्री मिनेन्द्र रिजालको दवावका कारण भारतीय च्यानल खुल्ला गरिएको एक केवल सञ्चालकले जानकारी दिए । नाकाबन्दी नगरको भन्दै झुठो खवर फैलाएर नेपालमाथि नाकाबन्दी गरिरहेको भारतीय हैकमबादको बिरोधस्वरुप नेपाल केबल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसोसिएसनले बुधवार विहान १० बजेबाट हिन्दी च्यानल प्रसारणमा रोक लगाएका थिए । लगत्तै भोलिपल्ट सञ्चारमन्त्री मिनेन्द्र रिजालले मन्त्रालयएका एक अधिकृतलाई लगाएर भारतीय च्यानल किन प्रशारण बन्द गरेको भन्दै कारवाही गर्ने धम्की सहित खुल्ला गर्न पत्र काटेका थिए ।