मधेसी मोर्चाले निर्वाचन क्षेत्रको विरोध प्रदर्शन सार्यो
काठमाडौ, असार २७ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आइतबार सिंहदरबारमा बसेको बैठकले साउन २ र ३ गते निर्वाचन क्षेत्रमा आयोजना गर्ने भनेका विरोध प्रदर्शन ४ र ५ गतेलाई सारेको छ ।
संविधानसभाले कार्यसूची परिवर्तन गर्दै सभासद्लाई उक्त मितिमा क्षेत्र पठाउने पुनर्निर्णय गरेअनुरुप मोर्चाले विरोध कार्यक्रम सारेको तमलोपा सहमहामन्त्री जितेन्द्र सोनलले कान्तिपुरलाई जानकारी दिए ।
बैठकमा समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महतो र तमसपा अध्यक्ष महेन्द्र यादव उपस्थित थिए ।