हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

अखिल अध्यक्ष नविना लामाले साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गर्ने

काठमाडौं–एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष नविना लामाले आफूमाथि सामाजिक संजाल फेसबुकमा दुव्र्यवहार भएको भन्दै साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गर्ने बताएकी छन्।
लामाले आफूलाई विभिन्न कार्यक्रममा जादाँ सम्मान स्वरुप आयोजकले ढाकाको खादा ओढाइ दिएको र उक्त तस्बिर फेसबुकमा पोस्ट गर्दा संस्कृति विरोधी भएको भन्दै अपशब्द प्रयोग गरेपछि आफ्नो आत्मसम्मान र न्यायका लागि साइबरक्राइम अन्तर्गतको मुद्दा दर्ता गर्न लागेको बताइन्।
‘नेपाल धर्म निरपेक्ष राष्ट्र हो, म यहाँ भएको सबै जात, भाषा र धर्मको सम्मान गर्छु,’ उनले नागरिकन्युजसँग भनिन्, ‘त्यसैले मैले खादा ओढ्दैमा म तामाङ सस्कृति व्यवहार विरोधी भए भन्नु सरासर गलत हो।’

 

गत हप्ता फोटोपत्रकार क्लब पिजे क्लबले नेपाल आर्ट काउन्सिलमा आयोजना गरेको फोटो प्रर्दशनी हेर्न जादाँ आयोजकले उनलाई सम्मान स्वरुप ढाकाको खादा ओढाइदिएको र उनले उक्त तस्बिर फेसबुकमा पोस्ट गरेपछि उनलाई बुद्ध र तामाङ संस्कृतिको विरोधी भएको भन्दै अशब्दको प्रयोग गरि गालीगलौज गरेका थिए। उनीहरुले लामाले आफ्नो राजनीतिक स्वार्थका लागि बुद्ध र तामाङ संस्कृति कुल्चिएको र क्षेत्री तथा बाहुनको धर्म सस्कृति अपनाएको आरोप लगाएका थिए।

 

‘मैले खादा ओढें भन्दैमा मैले आफ्नो धर्म संस्कृतिमाथि अपमान गरे भन्नु गलत हो,’ उनले भनिन्, ‘यही आरोपमा मलाई तल्लो स्तरको भाषा प्रयोग गरी सामाजिक संजालमा गाली गरिएको छ, यो मेरो चरित्र हत्या गर्ने प्रयास हो।’
उनले आफूलाई गृह जिल्लामा प्रवेश गर्न रोक लगाउन अभियान नै चलाएको भन्दै दुख व्यक्त गरिन् । उनले कुनै पनि धर्म संस्कृतिको आडमा कसै माथि दुव्र्यवहार र अपमान गर्नु गलत भएको भन्दै नेपाल कानुनी राज्य रहेकाले आफू न्यायका लागि लड्ने बताइन्। @ नागरिक न्यूज |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution