हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

तामाङ समाज जापान द्वारा स्व.रमेश तामाङको परिवारलाई आर्थिक सहयोग

भाद्र – २५ , याम्बु | नेपाल तामाङ समाज जापानले अध्ययनका लागि जापान पुगी टोकियोमा निधन भएका रमेश तामाङको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । सिन्धुली लामपाङटार ५ का तामाङलको परिवारलाई सहयोग गरेको हो ।

समाजले आज काठमाडौंमा एक समारोहको आयोजना गरी सङ्कलन भएको रकम हस्तान्तरण गरेको हो । समारोहमा प्रमुख अतिथि कृषि विकास राज्यमन्त्री राधिका तामाङले समाजको तर्फबाट पीडित परिवारलाई चेक हस्तान्तरण गरेका थिए ।

जापानबाट प्राप्त २७ लाख, १२ हजार २३ जापानी येन (२५ हजार ९ सय ५७ डलर) बराबरको चेक मृतक रमेशकी आमा देवीमाया पाख्रीनलाई प्रदान गरिएको थियो । करिब दुई वर्ष अघि अध्ययनका लागि जापान गएका रमेशको गत साउन ३१ गते उपचारको क्रममा अस्पतालमै निधन भएको थियो । तामाङ समाज जापान लगायत नेपालीहरूको पहलमा उनको शव भदौ ८ गते नेपाल पठाइएको थियो ।

अस्पतालमा रहेको उनको शवलाई नेपाल पठाउन आर्थिक सहयोगका लागि तामाङ समाज जापानले जापानमा रहेका नेपालीहरूलाई आह्वान गरेको थियो । सोही क्रममा करिब ३६ लाख जापानी येन सङ्कलन भएको त्यसबाट शव नेपाल पठाउँदा करिब ९ लाख येन खर्च भएकोले बाँकी रकम सहयोग स्वरुप परिवारलाई प्रदान गर्ने निर्णय भएको नेपाल आइपुगेका समाजका अध्यक्ष कर्म वाङ्गेल लामाले जानकारी दिए । अध्यक्ष लामाले दुःखको बेला मानवीय भावनाले सहयोग गर्ने उद्देश्यले पहल गरिएको र यसका लागि आर्थिक सहयोग प्रदान गर्ने जापानका सबै नेपालीहरूलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा राज्यमन्त्री राधिका तामाङले स्वदेशमा शिक्षा र रोजगारीको वातावरण नभएकोले बाध्यताले विदेशिनु पर्दा यस खालको दुःखद् घटना भएको बताइन् । उनले स्वदेशमै रहन सक्ने खालको वातावरण बनाउन सबैको योगदान हुनुपर्ने बताइन् । यसैगरी उच्च शिक्षा हासिल गर्ने सपना अधुरो रहेकोले रमेश तामाङको नाममा उनले अध्ययन गरेको विद्यालयमा अक्षयकोष खडा गरी उनीप्रति सम्मान व्यक्त गर्नुपर्ने राज्यमन्त्री तामाङको सुझाव थियो ।

रकम हस्तान्तरण समारोहमा अन्तर्रा्ष्ट्रिय तामाङ परिषद्का सचिव प्रतीक ङेसुर तामाङ र नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले रमेश तामाङको परिवारलाई सहयोग गरेकोमा तामाङ समाज जापानको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

यसैगरी मृतक रमेशका दाजु राजु तामाङले घटनाको विस्तृत जानकारी दिँदै शव नेपाल पठाउन विशेष सहयोग पु¥याएकोमा तामाङ समाज जापान र त्यहाँ रहेका सम्पूर्ण नेपालीहरूप्रति परिवारको तर्फबाट धन्यवाद व्यक्त गरे । उनले समाजलाई परिवार तथा आफन्तजनको तर्फबाट ‘धन्बयवादपत्र’ समेत प्रदान गरे ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution