तामाङ भाषाको १५६ औं साहित्यिक कार्यक्रम सम्पन्न

काठमाडौं, २५ भाद्र । तामाङ भाषाको १५६ औं साहित्यिक श्रृंखला सम्पन्न भएको छ । तामाङ डाजाङ साहित्यिक संस्थाले काठमाडौंको प्रदर्शनी मार्गमा आज ग्योइकाइ गेताङको १५६ औं श्रृंखला सम्पन्न गरेको हो । तामाङ भाषालाई साहित्य मार्फत संरक्षण र प्रर्वद्धन गर्ने उदेश्यले सन्चालन गरेको आजको ग्योइकाई गेताङमा नेत्र तामाङ, मनिकलाल घिसिङ, बिना थिङ, फूलकुमार बम्जन, मुक्तान थेबा, अमिर योन्जन, तीर्थमान बल, इश्वर थोकर, हिरामाया घिसिङ, रचना मोक्तान, विस्मात जीब, मिथिला स्याङ्तान, ङेमा थाङ्पाल, रन्जना मोक्तान, सत्तलसिं योन्जन, मिथिला स्याङ्तान, वाङछ्यु वाइबा, रामकुमार दोङ लगायतका स्रष्टाहरुले तामाङ भाषामा कविता, गजल तथा मौलिक फापारे गीत प्रस्तुत् गरेका थिए ।
डाजाङले हरेक महिनाको अन्तिम शनिवार ग्योइकाइ गेताङ २०५९ साल देखि काठमाडौमा सन्चालन गर्दै आएको छ र बेला बेलामा तामाङ गाउँबस्तीहरुमा समेत साहित्य यात्रा गर्दै आएका छन् ।
आजको कार्यक्रम तामाङ डाजाङका अध्यक्ष सन्चु ब्लोनको अध्यक्षता तथा प्रकाश थिङको संयोजकत्वमा सम्पन्न भएको छ । @ तामाङ दाजाङ