एक महिनाअघि दिदी र भाइको साइनो जोड्ने संग – बिनिता बरालको लभ परेपछि ….

काठमाडौं । दिदी नै प्रेमिका ! सिने नगरीमा यस्तो ‘चुत्थो’ कर्म पनि चल्दो हरेछ । जसलाई सार्वजनिक रुपमा भाइको नाता लागइएको थियो उनैलाइ प्रेमीको रुपमा सार्वजनिक गर्ने नायिका हुन् चपली गर्लको उपाधि पाएकी विनिता बराल ।
उनले आफू प्रेममा परेको भन्दै सार्वजनिक गरिन् अमेरिकामा बस्दै आएका तिलक पौडेलसँगको तस्वीर । ट्वीटरमार्फत जोडिएको भनिएको यी दुइको सम्बन्ध एक महिनापहिले मात्रै दिदी भाइको हैसियतमा थियो ।
सामाजिक सञ्जाल ट्वीटरमा ज्वाइसा’प हेन्डल चलाइरहेका तिलकले गत महिना जुइनो सार्वजनिकका लागि विनिता नेपाल आएको बेला गरेको ट्वीटरमा उत्तर फर्काउँर्द दिदी सम्बोधन गरेका छन् । यता उत्तरमा विनिताले पनि भाइ कै नाता जोड्दै जवाफ फर्काएकी छन् ।
‘चपली हाइट’ चलचित्रबाट चर्चामा छाएकी विनिता कलाकारिता यात्रा दोस्रो चलचित्र ‘फुलस्टप’सँगै पूर्णविराम लागेको थियो । चलचित्र कर्मले फसल दिन नसकेपछि टोखानजिकै तरकारी खेती गर्दै थिइन् । त्यही बेला लिभिङ टुगेदरमा रहेको खबर बाहिरिएएको हो ।
तर विनिताले भने आफ्नो पुस्तक जुइनोको गाँठो खोलेपछि मात्र विवाह गर्ने बताउँदै आएकी थिइन् ।
चलचित्र चपली हाइट मार्फत चर्चा र विवादमा तानिएकी उनले कृषि व्यवासयमा लागेर अर्को चर्चा बटुलेकी थिइन् । त्यसपछि एक जना चलचित्र समीक्षकलाई पुस्तक लेख्न लगाइन् र कभरमा आफ्नो नाम छापेर नामी उपन्यासकार बन्ने चक्करमा लागिन् ।
फाइन प्रिन्ट प्रकाशनले छापेको जुइनो पनि विवादरहित रहन सकेन । ३० असारमा सार्वजनिक जुइनाको आवरण चित्र अन्यत्रबाट चोरिएको भन्दै चर्को आलोचना भएको थियो । जुइनो र पर्चुगलका लेखक इसाडोरा रिकार्डोको लघु उपन्यास ‘एनिथिङ क्यान ह्याप्न : इन एडोलोसेन्स’ को आवरण मिल्दोजुल्दो भेटिएसँगै अर्को विवाद सिर्जना भएको छ ।
रिकार्डोको पुस्तकको आवरण चित्र जुइनाेमो प्रयोग गरिएको भन्दै फाइन प्रिन्ट समेत विवादमा तानिएको छ । यद्यपी प्रकाशक नीरज भारीले फोटो एजेन्सी सटरस्कटकसँग उक्त फोटो किनेर प्रयोग गरेको दाबी गरेका छन् । @ जनआस्था साप्ताहिक