आइफोन सेभेन र सेभेन प्लसमा के के छ , नयाँ बिशेषता (भिडियोसहित)

काठमाडौं । लामो समयको प्रतिक्षापछि एप्पलले आफ्नो फोनका नयाँ संस्करण सार्वजनिक गरेको छ ।
बुधबार राती अमेरिकाको सनफ्रान्ससिस्कोमा आयोजित भब्य समारोहकाबीच एप्पलले नयाँ फोन सार्वजनिक गरेको हो ।
ड्युअल क्यामेरा
एप्पलले फोटोग्राफीका सौखिनका लागि भनेर यसपटकको आफ्नो आइफोनको सातौं संस्करणमा विशेष फिचर थपेको छ । अब प्रयोगकर्ताले आइफोन सेभेन प्लसमा दुईवटा क्यामेरा प्रयोग गर्न पाउनेछन् । १२ मेगापिक्जेलका दुई क्यामेरामध्ये एउटा २८ एमएमको वाइड एंगल लेन्स र अर्को ५६ एमएमको टेलिफोटो लेन्स प्रयोग गरिएको छ ।
यस्को प्रयोगले प्रयोगकर्ताले उत्कृष्ट फोटो खिच्नसक्ने एप्पलले दावी गरेको छ । त्यस्तै यसमा कप्रयोग गरिएको क्यामेराले ४ के भिडियो खिच्नसक्ने पनि एप्पलले जनाएको छ ।
त्यस्तै आइफोन सेभेनमा पनि १२ मेगापिक्जेलकै सिंगल क्यामेरा प्रयोग गरिएको छ । दुवै फोनमा ७ मेगापिक्जेलका फ्रन्ट फेसिङ अर्थात सेल्फी क्यामेरा रहेका छन् ।
१६ जिबी आउट !
आइफोनको नयाँ संस्करणका फोनहरु अब १६ जिबी स्टोरेज क्षमतामा उपलब्ध हुनेछैनन् । नयाँ आइफोनहरु ३२ जिबी स्टोरेज क्षमताभन्दा माथीका हुनेछन् । अझै चाखलाग्दो कुरा त के छ भने १६ जिबी सिरिज हटाएको एप्पलले २५६ बिजी स्टोरेज क्षमताका आइफोन उपलब्ध गराउनेभएको छ । यसअघि १२८ जिबी सम्म रहेको आइफोनका नयाँ सिरिजहरु अब २५६ जिबीसम्ममा पनि उपलब्ध छन् ।
स्टेरियो साउण्ड
यसपटक एप्पलले आफ्नो डिभाइसको साउण्डमा निकै परिवर्तन ल्याएको छ । सेभेन र सेभेन प्लसमा अब प्रयोगकर्ताले स्टेरियो साउण्ड सुन्न मिल्ने डिभाइस पाउनेछन् ।
यसबाट संगीत मन पराउने प्रयोगकर्ताले गुणस्तरीय संगीत अनुभव कगर्नसक्ने एप्पलले बताएको छ ।
३.५ एमएम इयरफोन ज्याक, आउट !
एप्पलले आफ्नो सातौं संस्करणको फोनबाट ३.५ एमएमको कयुनिभर्सल इयरफोन ज्याक हटाएको छ । यसको सट्टा एप्पलले एयरपोड सार्वजनिक गरेको छ । तर यदि तपाईं यो एयरपोड प्रयोग गर्न चहानुहुन्न भने तपाईंले चार्जिङ पोर्टमा एउटा एलेप्टरको साहयतामा तारवाला इयरफोन प्रयोग गर्न सक्नुहुनेछ ।
डिस्प्ले
आइफोन सेभेनमा एप्पलले ४.७ इन्चको एलइडि ब्याकलिट आइपिएस एलसिडि प्रयोग गरेको छ भने सेभेन प्लसमा ५.५ इन्चको एलइडि ब्याकलिट आइपिएस एलसिडि फुल एचडि डिस्प्ले प्रयोग गरेको छ ।
ब्याट्रि क्षमता कति ?
आइफोन सेभेनको ब्याट्रि सुधारिएको एप्पलले जनाएको छ । एप्पलले आफ्ना नयाँ फोनमा लिआयोन ब्याट्रि प्रयोग गरेको जनाएको छ यद्यपी क्षमता भने अहिलेसम्म खुलाइएको छैन । जसका अनुसार अब एप्पल सेभेन प्लसबाट प्रयोगकर्ताले २१ घण्टा सम्म निरन्तर कुराकानी गर्न सक्ने एप्पलले जनाएको छ त्यस्तै सेभेनबाट पनि निरन्तर क१४ घण्टा कुरा गर्न सकिने जनाइएको छ जुन विगतका आइफोनहरुको भन्दा निकै सुधारिएको ब्याट्रि ब्याकअप हो ।
प्रोसेसरः
एप्पलले आइफोन सेभेन र सेभेन प्लसलाई अहिलेसम्मकै छिटो स्मार्टफोन भनेको छ । कारण यसमा प्रयोग भएको प्रोसेसर । नयाँ आइफोनमा ६४ बिट सिस्टमा ४ कोरको ए १० फ्युजन २ दशमलव ४५ गिगाहर्जको क्वाडकोर प्रोसेसर छ ।
२ जिबी -याम
एप्पले आफ्ना पछिल्ला संस्करणका दुवै फोनमा २ जिबी ¥याम प्रयोग गरेको छ । यसले फोनको प्रदर्शनलाई छरितो राख्ने एप्पलको दावी छ ।
डस्ट एण्ड वाटरप्रुफ
बजारमा पहिलेदेखी नै विभिन्न कम्पनिका डस्ट एण्ड वाटरपु्रफ मोवाइल फोन डिभाइसहरु भएपनिएप्पलले भने भर्खरै आफ्नो फोनमा यो प्रविधिको कप्रयोग गरेको छ । अब प्रयोगकर्ताले धुलो र पानीको चिन्ता नगरि निर्धक्कसँग आइफोन सेभेन सिरिज चलाउन सक्नेछन् ।
मुल्यः
आइफोन सेभेनको मुल्य ६४९ डलरदेखी सुरु हुनेछ भने सेभेन प्लसको मुल्य ७८९ डलरदेखी सुरु हुनेछ ।