हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

ड्राइभरसँग आँखा जुध्ने बित्तिकै बस खस्यो- यसु लामा तामाङ

चौबीस दिनअघि काभ्रेपलान्चोकको मादनकुँडारीमा बस दुर्घटना हुँदा बाँच्न सफल यात्रु यसु लामालाई भेट्न पुग्दा उनी ट्रमा सेन्टरको बेड नम्बर ५२३ मा उपचाररत थिइन् । उक्त भयावह दुर्घटनाबारे केही जिज्ञासा राख्न खोज्दा लामा सहमत भइन् । करिब २० मिनेटको कुराकानीका क्रममा उनी दर्जन पटक भक्कानिइन् भने गहभरि आँसु पारिरहिन् ।

आफूसँगैका यात्रुहरु गुमाउँदा पनि बाँच्न सफल लामाले बाँच्ने रहर पलाएको भाव व्यक्त गरिन् । लामो समयछि घर गएकी लामाले दुर्घटना र त्यसपछिका दिनहरुबारे यसरी बताइन्ः

1

घर नगएको लामो समय भइसकेको थियो । राजनीतिक कामको व्यस्तताले लामो समयदेखि आफ्नो घर काभ्रे जान भ्याएकी थिइनँ । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले सञ्चालन गरेको एक हप्ते स्कुल प्रशिक्षण सकिएको भोलिपल्ट म दिदीसँगै घर जान हिँडेकी थिएँ । दिदी र म एउटै सिटमा थियौँ ।

समय निकै रमाइलो ढंगले बितिरहेको थियो । हामी दिदी र बहिनी एउटै सिटमा बसेर यात्रा गर्दा बाटो कटेको पत्तो नै भएन । गाडी जसरी काठमाडौं छाडेर भक्तपुर हुँदै बनेपातिर बत्तिँदै थियो, हामी चाँडै घर पुग्ने आशले त्यत्तिकै आनन्दित र प्रफुल्ल हुँदै गएका थियौँ । तर, हाम्रो त्यो आशा घर पुग्ने बेला खरानीमा परिणत भयो ।

दोलालघाटमा खाना खाने बेलासम्म मैले र दिदीले निकै कुराकानी गरेका थियौँ । खाना खाएर बसमा चढेपछि मलाई निद्रा लाग्यो । म दिदीकै शरीरमा अडेस लागेर सुतेँ । बस दुर्घटना हुने समयन्दा केही निमेषअघि म दिदीको शरीरकै सहारा लिएर मस्त निद्रामा थिएँ । दोलालघाटपछिका बाटाका दृश्यहरु मलाई केही पनि थाहा छैन । मैले अघि पनि भने– म दुर्घटना हुनुभन्दा केही निमेष अघि मात्रै ब्युँझिएकी थिएँ । सायद दुर्घटनाको दृश्य नियाल्न मेरा आँखा खुलेका रहेछन् ।

म र दिदी ठ्याक्कै ड्राइभरको सिट नजिक थियौँ । मेरो आँखा ड्राइभरसँग जुध्यो । ड्राइभरले ठूला–ठूला आँखा पारेर हामीतिर हेरे । उनको त्यो हेराइ यति डरलाग्दो थियो कि, ऊ निकै आत्तिएको र केही विपद्मा पर्न लागेको सहजै अनुमान लगाउन सकिन्थ्यो । मैले त्यो घटना दिदीलाई भन्न नभ्याउँदै ड्राइभरले हामीतिर हेर्ने र गाडी चिप्लिने एकै पटक भयो । हेर्दाहेर्दै सडकमा गुडिरहेको गाडी बाटोमुनि खसिसकेको थियो । गाडी बाटोभन्दा तल खसेपछिका केही कुरा पनि मलाई थाहा छैन ।

गाडी खसेपछि म कहाँ छु ? के भयो ? सबै सपना जस्तो मात्र लाग्यो । अलिअलि ऐया–ऐया भनेको याद छ । त्यतिबेला मेरो आँखा खुलेका थिएनन् । आमा दुर्घटनास्थलमा आउनुभएको अलिअलि याद छ । मान्छेहरु बोलेका, रोएका र चिच्याएका आवाजहरु मेरा कानमा ठोक्किन्थे । मलाई ती दृश्यहरु ठ्याक्कै सपना जस्तो लागेको थियो । मैले मेरो परिवारलाई काठमाडौंमा सम्पर्क गरिदिनु भनेर जीवन दाइ (जीवन राई) को नम्बर दिएछु । त्यसपछि मलाई धेरै सम्झना छैन ।

मलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको थोरै सम्झना छ । त्यसबेला ‘यो बिरामीलाई ट्रमा सेन्टरमा लैजाने हो’ भनेकोसम्म याद छ । तर, पछि मलाई चावहिल लगिएछ । मलाई चावहिलमा बसेको कुनै पनि कुराको याद छैन । पूरै होस खुल्दा म ‘ट्रमा सेन्टर’ को आइसियुमा थिएँ ।

होस खुल्दा दिदीलाई सम्झिएँ

मेरो होस खुल्दा सबैभन्दा पहिला दिदीलाई सम्झिएँ । मसँगै जानु भएकी, दुर्घटनामा पर्नुअघि मलाई अँगालो मारेर सुतेकी दिदी मेरो साथमा हुनुहुन्थेन । मैले दिदी खोई ? भनेँ । दिदी र मसँगै यात्रा गरेका ती यात्रुहरुको अवस्था के भयो होला भन्ने लाग्यो । त्यसपछि विस्तारै मन बुझाउँदै गएँ । लामो समयको आरामपछि मेरो त सामान्य जीवनमा फर्किने सम्भावना छ । तर, मसँगै यात्रा गरेर र ज्यान गुमाएका यात्रीहरुको अवस्था सम्झिँदा अहिले पनि पीडाबोध हुन्छ ।

सकेसम्म दुर्घटनाको दृश्य सम्झिनु नपरोस् भन्ने लाग्छ । म त बाँचेर अझै केही गर्न सक्छु । ज्यान गुमाउनेहरु त सकिए नि ।

मैले नयाँ जीवन पाएँ

म अहिले अस्पतालको बेडमा छु । कति मान्छे मरे, कति घाइते भए, मलाई सबै थाहा छैन । म मरेर पनि बाँचेकी छु । कति धेरै सपनाहरु साँचेकी थिएँ । मेरा कतिपय सपना र योजनाहरुलाई मादनकुँडारीमा एक पटक चिप्लिएको बसले उडाउन लागेको थियो तर म बाँचेर आएँ । अब त झन् केही गर्नुपर्छ भन्ने लागेको छ । पाँच–सात महिना मलाई सामान्य जीवनमा फर्किन समय लाग्ला । त्यसपछि भने म नियमित काममा फर्किन्छु ।

सक्रिय राजनीति गर्छु

पाँच–सात महिना राजनीतिक काममा सक्रिय बन्न सक्दिनँ । म यहीँ अस्पतालको बेडबाट भन्न चाहन्छु, सामान्य जीवनमा फर्केपछि म बिरामी हुँदा साथ दिने, माया गर्ने र मलाई सहयोग गर्ने सबैको मन नभाँचिने गरी अनेरास्ववियुको सक्रिय राजनीतिमा फर्किन्छु ।

बेडबाटै समवेदना

म अहिले ट्रमा सेन्टरको बेडमा छु । मसँगै यात्राका क्रममा मृत्यु भएका सबैलाई यही बेडबाट सम्झिरहेकी छु । अमिलो मन लिएर म यही बेडबाट मृतकहरुको चीरशान्ति र परिवारप्रति हार्दिक समवेदना दिन चाहन्छु । मरेर जानेहरु गइसके । यो संसार एउटा मञ्च हो, हामी त्यही मञ्चका पात्रहरु हौँ । जीवन भनेको एउटा नाटक हो । म नास्तिक हुँ तर पनि भन्न चाहन्छु– सबै कुरा हाम्रो हातमा हुँदैन, सबैले भन्ने गरेको भगवान (अदृश्य शक्ति) को हातमा हुन्छ ।

बाँच्ने रहर पलायो

मलाई कहिलेकाहीँ दिग्दारी लाग्थ्यो । अहिले जब म दुर्घटनामा परेँ, त्यसपछि मलाई माया गर्ने, भेट्न आउने र सहयोग गर्ने सबैलाई देख्दा मैले अझै धेरै बाँच्नुपर्छ भन्ने लागेको छ । मैले केही गर्नुपर्छ भन्ने भएको छ । मलाई बाँच्ने रहर पलाएको छ । उहाँहरु सबैले गर्व गर्न सक्ने मान्छे बन्न सकुँ । मलाई यति भए पुग्छ ।

-पहिलोन्युजबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution