हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

पूर्वमा यौनधन्दा फस्दाउँदै ….

इटहरी, भदौ २३ – पूर्वको पर्यटकिय तथा शुन्दरनगरी भनेर मानिने सुनसरीको धरान पछिल्लो समय केहि होटलहरूमा हुने यौन धन्दाका कारण बदनाम हुदै गएको छ ।

इलाका प्रहरी कार्यालय इटहरी, नागरीक समाज, आमासमुह एवम होटल ब्यवसायहरूले इटहरी क्षेत्रमा हुने यौन धन्दामा कडाइ गरेपछि यौनकर्मीहरूले सुनसरीको धरान र भेडेटारलार्इ ट्रान्जिट बनाउन थालेका छन ।

इलाका प्रहरी कार्यालय धरानले पछिल्लो समय सुरू गरेको बिशेष अपरेसन र अनुसन्धानका अनुसार इटहरीमा हदै सम्म निर्मुल बनेको यौन बयवसाय हाल सुनसरीको धरान तथा भेडेटार सरेको पाइएको छ । गत भदौको पहिलो साताबाट प्रहरीले थालेको अभियानले समेत केहि सफलता पाएको देखिएको छ ।

अपरेसन सुरू भएको भदौ पहिलो सातादेखी हाल सम्म इलाका प्रहरी कार्यालय धरानले यौन धन्दामा संलग्न एक दर्जन यौनकर्मीहरू सहित ४० बढी जोडीलार्इ पक्राउ गरि केहिलार्इ मुद्धा समेत चलाइसकेको छ । इलाका प्रहरी कार्यालय धरानले आफ्नो क्षेत्रमा यौन धन्दा हुने गरेको ब्यापक जनगुनासो बढेपछि धरानका होटलहरूमा कडार्इका साथै बिशेष अपरेसननै थालेको थियो ।

अपरेसन पश्चात प्रहरीले धरानसंगै सुनसरी र धनकुटाको संगम स्थल भेडेटारमा पनि यौनगतिबिधी बढेको बताएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार धरानमा रहेका केहि होटल ब्यवसायहरूको मिलेमतोमा यस्तो यौन ब्यसाय फस्टाउदै गएको र त्यस्लार्इ नियन्त्रण गर्न प्रहरी केही हद सम्म सफल बनेको बताउदै आएको छ ।

यौन धन्दा बिरूद्ध धरानमा बिशेष अपरेसन सुरू भएपछि होटल ब्यवसायीहरूले कन्टयाकको आधारमा यौनकर्मी युवती तथा महिलालार्इ धरान बोलाएर ग्राहकसंग भेडेटार पठाउने गरेको पाइएको प्रहरीले बताएको छ । भारतको बिहार राज्यमा स्थानीष प्रसाशनले मदिराजन्य पदार्थहरू बिक्रीबितरणमा रोक लगाएपछि यौनकर्मी युवतिहरू खोज्दै भारतीय नेपाली बजार छिर्ने गरेको समेत प्रहरी अपरेसनबाट खुलेको छ ।

भारतीय नागरीकहको रोजाइमा परेको पूर्वको केन्द्र इटहरीमा प्रहरी कडार्इपछि उनिहरूले सिदै धरानका होटल ब्यवसायहरूसंग सम्पर्कगरी यौनकर्मी युवती तथा महिलाहरू झिकाइ भेडेटारमा रात बिताउने गरेको अनुशन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । त्यस्तै यौन धन्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका अधिकांस युवतिहरूले पनि पछिल्लो समय यौनकर्मीहरूकालागी धरान र भेडेटार ट्रान्जिट प्वाइन्ट बन्दै गएको बताएको प्रहरी भनाइ छ ।

यस्ता गतिविधीहरू रोकन प्रहरी एक्लैले नसक्ने तर स्थानीयदेखी सम्बन्धित निकाय साथै स्थानीयस्तरका जनताले साथ दिए धरान र भेडेटार क्षेत्रमा हुनै अवैध यौन धन्दा ठप्प बनाइने इलाका प्रही कार्यालय धरानका डिएसपी खतिवडा बताउछन । श्रोत : पुर्वेली






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution