हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

इजरायलमा तीज बिशेष कार्यक्रम भव्यताको साथ सम्पन्न

s

तेलअविव – गएको शनिबार अर्थात् ३ सेप्टेम्बरका दिन श्री सत्य साई केन्द्र इजरायल र नारी आवाज इन इजरायलको सयुक्त आयोजनमा  तेल अविव सेन्ट्रल बस पार्कमा रहेको एभरेस्ट डिस्को हलमा “तीज बिशेष कार्यक्रम – 2016 ” भव्यताको साथ सम्पन्न गरेको छ |

श्री सत्य साई केन्द्र इजरायल र नारी आवाज इन इजरायल दुवै संस्थाको अध्यक्ष रहेकी नेहा गुरुङ साईरामको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि  नेपाली राजदुतावास इजरायलका कार्यवाहक महामहिम रामेश्वर पौडेल ,बिशेष अतिथिहरुमा नेपाली राजदुतावास इजरायलका द्धितीय सचिब रोसन खनाल ,आस्था सुब्बा र एनआरएन इजरायलका वरिष्ठ उपाध्यक्ष बिशाल ज्ञवाली रहेका थिए भने अतिथिहरुमा इजरायल स्थित विभिन्न सामाजिक ,धार्मिक ,राजनीतिक संघसंस्थाका अध्यक्षहरु र अनलाइन मिडियाकर्मीहरु उपस्थित थिए |

तीज बिशेष कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै श्री सत्य साई केन्द्र इजरायलका महिला संयोजक तारा अधिकारीले स्वागत मन्तव्यका साथमा तीजको शुभकामना व्यक्त गरेको थिइन् | कार्यक्रममा बिशेष अतिथिहरु रोसन खनाल ,आस्था सुब्बा र  बिशाल ज्ञवाली लगायतले तीज पर्वको शुभकामना व्यक्त गरेका थिए | शुभकामनाको क्रममा प्रमुख अतिथि रामेश्वर पौडेलले तीज पर्वले ‘श्रीमान र श्रीमती बिचको माया,प्रेम र सद्भावलाई समेत प्रगाढ बनाएको छ ‘ भन्नु हुँदै प्रवास भूमिमा नेपाली संस्कृतिलाई  निरन्तर दिंदै तीज बिशेष पर्व आयोजन गरेकोमा आयोजक संस्थालाई  धन्यवाद व्यक गर्नु भएको थियो |

रातो चोलीसारी , लेहेंगा , चुरा ,सुनचांदीका गरगहनाले सुसज्जित नेपाली चेलीबेटिहरुको उल्लेखनीय सहभागीका साथ करिब ३ घण्टा नाँचगानका साथ रमाइलो गरी तीज मनाएका थिए |

अन्तमा कार्यक्रमका सभापति  नेहा गुरुङ साईरामले  तीज बिशेष कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो |

साउण्ड सिष्टम प्राविधिकमा डिजे बिपिन तामाङ र डिजे हमतुमले  सहयोग गरेका थिए भने कार्यक्रम श्री सत्य साई केन्द्र इजरायलको अध्यामिक संयोजक तथा  नारी आवाज इन इजरायलका महासचिव परी डाँगीले कुशलतापुर्वक  संचालन गरेकी थिइन् |

s1

pari






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution