हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

लु गरौ ,भाइबरबाट ५२ देशमा नि:शुल्क फोन टुरर टुर

काठमाडौं, भदौ २२- भाइबरले नेपालबाट ५२ देशमा निशुल्क फोन गर्न सकिने व्यवस्था गरेको छ । नेपालमा रहेका आफ्ना ४० लाख भन्दा बढी ग्राहकका लागि अफर स्वरुप कम्पनीले ल्याएको यो अफर मंगलबारदेखि लागु भएको छ । ५२ देशमा कल गर्न सकिने यो अफर आउँदो असोज ३ गतेसम्म हरेक दिन राती ८ देखि १० बजेसम्मका लागि लागु हुने कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत नेपाली फोन नम्बर दर्ता गरेका भाइबर प्रयोगकर्ताले भाइबर आउट प्रयोग गर्दै कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय ल्याण्ड लाइन वा भाइबर बाहेकका अन्य फोन नम्बरमा सिधै फोन कल गर्न सक्ने भएका छन् ।

विश्वभरमा साढे सात करोड भन्दा बढी भाइबर प्रयोगकर्ता भएता पनि भाइबरले नेपाललाई मात्र लक्षित गरेर यस्तो योजना ल्याएको हो ।

मंगलबारदेखि आरम्भ हुने यो अफरको उपभोग नेपाली प्रयोगकर्ताले कुनै पनि आइओएस, एण्ड्रोइड र विण्डोज स्मार्टफोन वा विण्डोज पिसी वा म्याकबाट विश्वभरका ल्याण्डलाइन नम्बर र मोबाइलमा कल गर्न सकिने छ ।

नेपालमा भाइबरको उपस्थिति अत्यन्त बलियो हुनुको कारण पनि नेपाललाई लक्षित गरि यस्तो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

नेपालको जनसंख्याको अत्त्याधिक संख्या देश बाहिर विदेशमा वैदेशिक रोजगार अथवा अध्ययनको सिलसिलामा रहेको सन्दर्भमा भाइबर आउटले शुल्कको चिन्ता नलिई आफ्ना प्रियजनसँग मनभरीको कुरा गर्ने अवसर नेपालीलाई प्रदान गरेको भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैयरले बताएका छन्।

भाइबरले आफ्ना प्रयोगकर्ताको व्यस्तता र एकाग्रतालाई ध्यानमा राखेर हालैमात्र च्याट र भ्वाइस कलका साथै अन्जान च्याटमा विकल्प सहितको व्यवस्था समेत गरेको छ । नेपालमा नेपाली भाषाका स्टिकरको बढ्दो लोकप्रियतालाई दृष्टिगत गरेर भाइबरले आउँदा दिनमा नेपाली प्रयोगकर्ता सामू अझै आकर्षक र लोभलाग्दो सेवा एवम् सुविधा उपलब्ध गराउने जनाएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution