हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

एमाले नेताले ट्विट ‘डिलिट’ गर्दा पनि सुख पाएनन् : प्रहरीमा उजुरी, दर्ता अस्वीकार

काठमाडौं : एमाले नेता शंकर पोखरेलले मंगलबार बिहान १० नबज्दै एउटा ट्विट गरे। केही समयमै त्यो ट्विट डढेलोसरह सल्कँदै गयो। धेरै ठाउँबाट तीव्र आलोचना भएपछि उनले ट्विट गरेको केही घण्टामा त्यसलाई डिलिट गरे।

shankar

तर सल्किसकेको थियो आगो। अब त्यही ट्विटको स्क्रिनसट भाइरल हुन थाल्यो।

आलोचना बढ्दै गएपछि उनले आफ्नो ट्विटको गलत अर्थ लगाइएकोले डिलिट गरेको भन्दै राति अर्को ट्विट गरे। तर पनि उनको आलोचनाको क्रम भने रोकिएन।

sn1

प्रहरीमा जाहेरी, दर्ता अस्वीकार

बुधबार बिहान समाजवादी युवा फोरम नेपालका उपमहासचिव दुर्गामणि सुवेदीले महानगरीय प्रहरी परिसर टेकुमा साइबर क्राइमअन्तर्गत एमाले नेता पोखरेलविरुद्ध जाहेरी दिए। विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार जाहेरी दर्ता गर्न सुवेदी नेतृत्वको टोली टेकु पुगेको थियो।
तर प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरे। ‘शंकर पोखरेल विरुद्धको जाहेरी दर्ता गर्न प्रहरीले सीधै अस्वीकार गर्यो’– जाहेरी दर्ता गर्न टेकु पुगेका युवा फोरमका उपमहासचिव सुवेदीले भने,– ‘हामी पुग्नु अघिदेखि नै प्रहरी दबाबमा देखिन्थ्यो सायद उहाँहरुमाथि राजनीतिक प्रेसर हुनुपर्छ।’

sn3

अदालत जाने

जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि परमादेशका लागि अदालत जाने उजूरीकर्ता दुर्गामणि सुवेदीले बताएका छन्। ‘न्यायका लागि अदालतको ढोका जहिले नि खुल्ला हुन्छ, परमादेशका लागि अब हामी अदालत जान्छौं’– सुवेदीले भने। अदालतको परमादेशपछि जाहेरी दर्ता गर्न प्रहरी बाध्य हुने बताएको समाचार पहिलोपोस्टमा छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution