हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

बाढीपिडितको – न घर न घरमूली !

Badi-Pidit

म्याग्दी। म्याग्दीको बेगखोला–६ की टमायाँ सिञ्जालीको आँखा अझै ओभाएका छैनन् । गत भदौ १७ गते राति बेगखोलमा आएको भीषण बाढीले घरसँगै आफ्ना श्रीमान् पूर्णप्रसादलाई बगाएपछि उनीहरु अहिले सहाराविहीन वनेका छन् ।

मध्यरातमा आएको बाढीको बारेमा स्थानीयवासीलाई सूचना दिएर परिवारलाई भगाएका पूर्णप्रसाद आफै घरभित्रका कागजात लिन जाने क्रममा बाढीले घर नै बगाएर बेपत्ता बनाएपछि बिचल्लीमा परेका बाँकी परिवार शोकमा डुबेका हुन् ।

‘‘हामीलाई भगाएर बचाएँ तर आफैँ बाँच्न सकेनन्, केही दिन बाढीले बगाएको बगरमा खोजी गरेपनि उहाँको केही पत्तो लागेन, टमायाँले भनिन् ।” पूर्णप्रसादलाई बाढीले बगाएको दुई दिनपछि उनका छोरा र श्रीमती बाढीले बगाएको बस्ती नजिकै चिलाउनेखर्कमा बस्तुभाउ राख्दै आएको छाप्रोमा किरिया बसेका छन् ।

“घर पनि बगायो, घरमूली पनि रहनुभएन, हामी उहाँकै भरमा पालिएका थियौँ, अब कसरी छोराछोरी पाल्ने? ” टमायाँले गहभरी आँसु निकाल्दै भनिन् – “अन्यत्र कहीँ घर र राम्रो जग्गा जमिन नभएपछि गोठमा आएर उहाँको किरिया गर्न लागेका छौ। ”

बुबाको किरिया बसेका २० वर्षीय डिलु अहिले अरुसँग केही बोल्नै नसक्ने भएका छन् । रातदिन उनी भीषण बाढीले घर र बुबालाई बगाएको सम्झँदै भक्कानिएर रुने गर्छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि उनीसँगै दुई बहिनीले पहिले नै पढाइ छाडेका थिए ।

अहिले कान्छी छोरीले ५ कक्षामा पढ्दै छिन् । आर्थिक अवस्थाले थेग्न नसकेपछि उनलाई पनि विद्यालय पठाउने कि नपाउने सिञ्जालीको परिवार अन्योलमा छ । “मेरो पनि स्वास्थ्य कमजोर छ, अर्काकोमा काम गर्न सक्दिनँ, श्रीमानले नै मजदुरी गरेर हामीलाई पाल्नुभएको थियो, अब के गर्ने केही सोच्नै सकेको छैन, टमयाँले थपिन् ।”

“न घर न घरमूली ! सिञ्जाली परिवारको आर्थिक स्रोत पनि केही छैन, उनीहरुले अरुको काम गरेरै जीविका चलाएका थिए, अब बसोबासको व्यवस्था गर्न निकै समस्या भएको छ ।” नेपाल रेडक्रस सोसाइटी बेग उपशाखाका पूर्ण परियारले भने ।

बेगखोलामा आएको भीषण बाढीले त्यहाँका ११ घरसहित पूरै बस्ती बगाउनुका साथै गाविसका विभिन्न स्थानका थप चार घरमा पूर्ण क्षति गरेको थियो । बेगखोलाको बाढीले घरबार विहीन बनेसँगै त्यहाँका बाढीपीडितलाई विभिन्न निकायबाट राहत जुटाउन सुरु गरिए पनि उनीहरुको स्थायी बसोबासको व्यवस्था भने हुन सकेको छैन ।

रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution