ऐश्वर्या राय वच्चनलाई देखेर सलमान खान दंग

बलिउडकी ब्यूटी क्वीन ऐश्वर्य राय वच्चनको फिल्म ‘ए दिल है मुश्किल’ को टिजर बाहिर आइसकेको छ । फिल्ममा उनी यती राम्री देखिएकी छिन् कि जो कोही पनि उनको तारिफ नगरि बस्न सक्दैन ।
हालै एक कार्यक्रममा कलाकार सलमान खानसँग उनको पूर्व प्रेमिकाकोे फिल्मको बारेमा सोधिएको प्रश्नमा उनले अलिकती आक्रोसित भएर हेरेको छैन भनी जवाफ दिएतापनि अन्तत उनले टिजर हेरेका छन् । टिजर हेरेपछि उनले ऐश्वर्याको खुलेरै तारिफ गरेका छन् ।
उनले आफ्नी पूर्व प्रेमिका ऐश्वर्याको सुन्दरताको बारेमा गरेको तारिफ सुन्दा उनी पुनः मोहित भएको मान्न सकिन्छ । उनले ऐश्वर्याको नयाँ चलचित्रको टिजर हेरेर भनेका छन्, ‘आहा कति राम्री देखिएकी’ ।
फिल्मलाई लिएर ऐश्वर्य एकदमै उत्साहित छिन् । सुनिन्छ, फिल्ममा उनले नायक रणवीर कपुरसँग केही रोमान्टिक दृश्यहरु पनि गरेकी छिन् । यसले गर्दा उनको परिवारमा केही खटपट पनि भएको थियो भनेर समचार पनि आएका थिए ।
तर अर्कोतर्फ यी सबै कुराहरु वाहीयात हुन पनि भनिन्छ । वच्चन परिवार लामो समयदेखि बलिउड फिल्ममा रहेका मान्छे हुन । कतिपयले के सम्म भनेका छन् भने भोली पति अभिषेक वच्चनले पनि कुनै फिल्ममा यस्तै रोमान्टिक दृश्य दिएभने के ऐश्वर्य रिसाउन मिल्छ त ?
@ एजेन्सी ।