हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

दलित शक्ति नेपाल (नयाँ शक्ति) की केन्द्रिय संयोजक श्रीमती सुशिल श्रीपाली कतारमा आउने

ध्रुब क्षेत्री, दोहा कतार । नयाँ  शक्ति पार्टी नेपालकी केन्द्रिय सचिवालय सदस्य तथा दलित शक्ति नेपालकी केन्द्रिय संयोजक श्रीमती सुशिल श्रीपाली र जनजाति नेत्री रिता गुरुङ आगामी सेप्टेम्बर १० तारिख कतार आउने भएका छन् । कतारमा नेत्री श्रीपालिले नयाँ  शक्तिको यहाँ  स्थित प्रवासी संगठन अन्तरराष्ट्रिय नेपाली दलित शक्ति कतारले (INS QATAR) आयोजना गरेको अन्तराष्ट्रिय नेपाली दलित शक्ति कतार- शाखाको बिशेष भेला तथा अन्तराष्ट्रिय नेपाली दलित शक्तिको घोषणा तथा संदेश सभालाई  सम्बोधन गर्ने भएको छ | भेला १२ तारिख सोमबार अर्थात्  इदको दोस्रो दिन, दिनको १२ देखि ५ बजे सम्म आयोजना गरिएको छ ।

उक्त घोषणा तथा संदेश सभा दोहाको नाजामा स्थित अलनाकाएंन होटेलको सभा हलमा हुने भएको छ  । नेपालको बिकास र समृद्धिको लागि प्रवासी नेपालीको भूमिका’ सामाजिक बिभेदमा पिल्सिएका दलितहरुको मुक्ति र सम्मानजनक हक र अधिकारको लागि प्रबासी नेपाली दलित तथा जनजाती अभियन्ताहरुको भूमिकाको बिषयक अन्तरकृयात्मक भेलालाई श्रीमती श्रीपाली संगै आउनु हुने जनजाति नेत्री रिता गुरुङले पनि सम्बोधन गर्नुहुने अन्तरराष्ट्रिय नेपाली समाज (INS कतार) दलित शक्ति शाखा कतारका संयोजक कृष्ण परियारले बताए । भेलामा पत्रकार , समाजसेवी , ब्यापारी, बुद्धिजीवी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहने कुरा पनि कृष्ण  परिवारले बताउनु भयो। परियारका अनुसार भेलामा कतारका बिभिन्न कम्पनीमा काम गर्ने नेपालीहरुको उल्लेख्य सहभागीता रहनेछ ।

दलित शक्ति कतारका संयोजक कृष्ण  परियारका अनुसार उक्त भेलालाई  सफल बनाउन अन्तरराष्ट्रिय नेपाली समाज कतारका संयोजक रोसन खराल , संगठन बिभाग प्रमुख लाल भट्ट, प्रवक्ता ध्रुब क्षेत्री, महासचिब महामुद कार्की , सचिब राम संजेल , युवा संयोजक होम उप्रेती, जनजाती संयोजक दिलिप लोप्चन, छेत्रीय संयोजक निमा लामा, सल्लाहकार पिर बक्श मिया लगाएत सबै कतारको नयाशक्ति कमिटि र दलित शक्ति कतार साखाका अभियन्ताहरु दुर्गा सुनार, सोम सोनाम, देब ब, परियार, हिमाल राज बिस्वकर्मा, बिजया सोनाम, छितिज किरण गैरे, रमेश सिङ्ग खाती,लगाएतले कार्यक्रम सफल बनाउन लाग्नु भएको कुरा बताउनु भयो! साथै उहाले भेलामा सहभागिताको लागि आयोजकले सबै कतारबासी नेपालीमा उपस्थितिको लागि अपिल गरेको पनि जनाकारी गराउनु भयो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution