रुपन्देहीका एकल महिलाहरुले चुनौती , लगाए रातो चुरा पोते

वुटवल, । श्रीमान्को मृत्यु भएपछि रातो बर्जित गरी सेतो कपडामा बस्नुपर्छ भन्ने संस्कारलाई रुपन्देहीका महिलाले चुनौती दिएका छन् ।
श्रीमानको मृत्यु पश्चात चुरा पोते, सिन्दुर, टीका र रातो कपडा लगाउनु हुन्न भन्ने प्रचलन विरुद्ध यतिबेला रुपन्देही जिल्लाका एकल महिलाले रातो पहिरन अभियान शुरु गरेका छन ।
समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि रुपन्देहीका एकल महिलाले बिगत एक वर्षदेखि रातो पहिरन अभियान शुरु गरेको बताएका छन् ।
श्रीमानको मृत्युपछि एकल हुन पुगेका महिलालाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक भएकाले उनीहरुलाई समाजमा टाउको उभ्याएर हिडन समस्या परेको गुनासो एकल महिलाहरुले गर्दै आएका छन ।
ऋाफूहरू एकल हुँदा समाजमा अपहेलित हुनुपर्ने र एकल महिलालाई नैे बोक्सीको आरोप लगाउने, जिउँदै जलाउने प्रवृत्ति अहिले पनि समाजमा विद्यमान रहेको रुपन्देहीकी एकल महिला सीता न्यौपानेले वताउनुभयो ।
ऋाफूहरू एकल हुँदा अनेकन समस्या भोगेको र चाहेर पनि समाजको डरले रातो कपडा चुरा टीका लगाउन नपाएको गुनासो एकल महिलाले गर्दै आएका छन् ।
यसैवीच मानव अधिकारका लागि एकल महिला समाजले तीजको अवसर पारी रुपन्देहीका एकल महिलालाई रातो टीका, चुरा र पछेउरा लगाइदिएको छ ।
एकल भएको १६ वर्ष पछि तिलोत्तमा प्रगतिनगरकी ७७ बर्षिया भिमकला न्यापाने रातो टीका, चुरा पोते लगाउन पाउँदा हर्षको अनुभूति भएको वताउनुभयो ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारी रुपन्देहीका ७० वर्ष भन्दा माथिका पाँच जना ज्येष्ठ महिलालाई कार्यक्रममा रातो पहिरन दिईएको थियो |
एकल भएको ४० वर्षपछि पुनः रातो पहिरन पाउँदा कतिपय बृद्ध आमाहरू निकै खुसी हुंदै सहज रुपमा रातो पहिरत स्वीकार गरेको समाजकी रुपन्देही अध्यक्ष राधिका श्रेष्ठले वताउनुभयो ।