हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

इजरायलमा हरितालिका तीज सांगितिक उत्सव २०७३ भव्यताको साथ सम्पन्न

bbt

तेलअविव ,इजरायल | गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलको मुख्य आयोजनमा १४ वटा विभिन्न संघसंस्थाहरुको सह-आयोजनमा ‘हरितालिका तीज सांगितिक उत्सव २०७३’ तेलअविव युनिभर्सिटीमा रहेको एक्युरिएम हल (रमात अविव) मा भव्यताको साथ सम्पन्न गरेको छ । नेपालबाट आमन्त्रित  चर्चित ४ जना कलाकारहरु लोक गायक अमृत खाती,लोकगायिका मुना थापा मगर,  गायिका जुना प्रसाई र हाँस्य व्यंग्यात्मक कार्यक्रम ‘ह्वाट द फ्लप’का प्रस्तोता सन्दिप क्षेत्रीको वेजोड मनोरञ्जनात्मक प्रस्तुतिका साथमा स्थानीय कलाकारहरुले  थप मनोरन्जन प्रदान गरेका थिए |

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलका अध्यक्ष दिपक ओलीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका कार्यवाहक महामहिम राजदुत रामेश्वर पौडेल रहनु भएको थियो भने १४ वटा सह-आयोजक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु , इजरायल स्थित विभिन्न सामाजिक ,धार्मिक ,राजनीतिक दलका प्रतिनिधिको साथमा अनलाइन मिडियाका प्रतिनिधिहरु अतिथि रहेका थिए |

कार्यक्रममा गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलका उपाध्यक्ष बिशाल ज्ञवालीले उपस्थित सम्पूर्ण महानुभावहरुलाई सम्बोधन गर्दै स्वागत मन्तव्य  राखेका थिए |

इजरायलमा कार्यरत नेपालीहरु जुनसुकै रोगले बिरामी भई  स्वयमले उपचार गर्न नसक्ने स्थितिमा सहयोग पुर्याउने उद्धेश्यले कोष खडा गर्ने लक्ष्य सहित आयोजन गरेको कार्यक्रममा उल्लेखीय सहभागिता रहेका थिए |

कार्यक्रममा १४ वटा सह-आयोजक संघसंस्थाहरुमा सोसाईटी अफ हेल्पिंग हर्ट्स इन इजरायल, बिश्व नेपाली साहित्य महासंघ शाखा इजरायल, नेपाल मगर संघ इजरायल, अन्तराष्ट्रिय कलाकार मञ्च शाखा इजरायल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायल ,रुपन्देही समाज इजरायल, हिन्दु जागरण नेपाल अभियान इजरायल,नारीका लागि नारी १ करोड अक्षयकोष , किरात राई यायोक्खा नेपाल इजरायल , झापाली सामाज इजरायल,चितवन समाज इजरायल, श्री सत्य साइ केन्द्र इजरायल र श्री कृष्ण प्रणामी गैर आवासीय नेपाली युवा परिषद इजरायल रहेका थिए ।

इजरायली मेनपावर एजेन्सी याद–बेयादको प्रायोजन रहेको थियो | प्राविधिकमा डिजे बिपिन तामाङ र प्रनेश पाख्रिन तामाङले साथ दिएका थिए | कार्यक्रममा सहभागी सबैको लागि दरको व्यवस्था गरेको थियो |

कार्यक्रम गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् महासचिब तेन्जिन शेर्पा, चितवन समाजका महासचिब नयन सापकोटा र अन्तराष्ट्रिय नेपाली कलाकार मंच इजरायलका प्रेम शर्माले कुशलतापुर्वक संचालन गरेका थिए ।

(फोटोग्राफर: माला खनाल)

bbt20

bbt21

ma1

ma4

ma7

ma8 ma9

ma12

ma13

ma15






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution