मृगौला रोगले पिडित अर्जुन तामाङको लागि आर्थिक सहयोगको अपिल

ललितपुर जिल्ला महालक्ष्मी लाकुरी भनझ्याङ निवासी अर्जुन तामाङको दुबै मृगौलाले काम नगरेपछि तामाङले उपचारमा सहयोग गरिदिन सबैमा याचना गरेका छन् ।
तामाङले उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि याचना गरेका छन् । मृगौला तामाङको हाल ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ । निम्न वर्गीय परिवारका तामाङले उपचारका लागि रकम जुटाउन नसक्ने भएकाले सहयोगको याचना गरेका हुन् ।
सहयोग गर्न चाहनेले राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर ११४००२९०५२१० मा रकम जम्मा गरिदिन सक्ने बिरामीले बताए । पीडित तामाङलाई सम्पर्क गर्नुपरेमा ९८६१३६७६९१ मा फोन गर्न सकिने छ ।