तामाङ घेदुङले दुई दिन मै किन फिर्ता लियो पूर्णकालीन कार्यकर्ता घोषणा ? कारण यस्तो रहेछ …

१७ भदौ, काठमाडौं: नेपाल तामाङ घेदुङले भदौ १५ गते सल्लाहकारसँगको परिचयात्मक कार्यक्रममार्फत तीनजना पूर्णकालीन कार्यकर्ता परिचालन गर्ने सार्वजनिक गरेकोमा हाललाई सो घोषणा फिर्ता लिएको छ । शुक्रबार महासचिव महितकुमार तामाङले एक प्रेस बिज्ञप्ती जारी गर्दै घोषणा फिर्ता लिएको हो ।
कार्यक्रममा घेदुङले क्रमशः अध्यक्ष मोहन गोले तामाङ, महासचिव महितकुमार तामाङ र भाषा, लिपि तथा साहित्य विभाग प्रमूख काजिमान थिङलाई पूर्णकालीन कार्यकर्ता घोषणा गरेको थियो ।
घेदुङको सचिवालय बैठकले पुर्णकालीन कार्यकर्ता परिचालन कार्यविधि–२०७३ पारित गरेको भएपनि को को पूर्णकालीन बन्ने ? भन्ने सम्बन्धमा निर्णय भएको थिएन । “निर्णय नभई घोषणा गरेकोले पदाधिकारीहरु बीच समस्या आयो र फिर्ता लियौ”– अध्यक्ष गोलेले भने ।
“सुरुवातमा तीनजना घोषणा गरी क्रमशः आर्थिक ब्यवस्थापन गर्दै पूर्णकालीन कार्यकर्ताको संख्या थप्दै जाने भनेका थियौ, केही साथीहरुले बर्गिकरण गर्न लागेको भन्ने अर्थमा बुझ्नु भएछ” उनले भने– “त्यसैले यो फिर्ता लिइएको हो ।” हाललाई उक्त घोषणा फिर्ता लिइएपनि सचिवालय बैठकमा थप छलफल गरी निरन्तरता दिने घेदुङले जनाएको छ ।
@ नेपालतामाङघेदुङ डट ओआरजी