अमेरिकी युवती ६ वर्ष अघि देखि नेपालमा वेपत्ता

६ वर्ष अघि नेपालमा वेपत्ता भएकी एक अमेरिकी युवतीको खोजिका लागि हिडिरहेका छन् उनका परिवार । सन् २०१६ अप्रिलमा नेपाल आएकी उनी नेपालको पर्यटकिय गन्तब्य लाङटाङ क्षेत्रबाट वेपत्ता भएकी थिइन् । त्यस यता उनको खोजिका लागि उनको परिवारसंग अ मेरिकी सरकार र गैर सरकारी संस्थाहरु लागि परेका छन् । अमेरिकाको कोलोराडमा प्रतिष्ठित स्याको परिवारकी छोरी ओब्री योगा प्रशिक्षण, कलाकारिता र ट्राभलर समेत थिइन् ।