हङकङमा मोडल रश्मि तामाङ सम्मानित

हङकङमा रहेका नेपालि नारीहरुको समूहले तीज बिसेष कार्यक्रम रमाइलो साँझको आयोजन गरि भव्यताको साथ मनाएको छ | २८ अगष्ट २०१६ मा आयोजित उक्त कार्यक्रममा मोडल रश्मि तामाङको प्रतिभाको कदर गर्दै सम्मान गरिएको छ ।
उक्त कार्यक्रममा सहभागी हुन रश्मि अगस्ट २५ मा हङकङ पुगेकी थिईन । कार्यक्रमको सिलसिलामा हङकङ पुगेकी उनि घुमघामको लागि फिलिपिन्स समेत गएकी छिन् | फिलिपिन्सबाट फर्के लगत्तै सेप्टेम्बर ३ मा फेरी महिला संघ हङकङको आयोजनामा हुने सम्मान तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने छिन् भने सेप्टेम्बर ७ मा नेपाल फर्कने कार्यक्रम रहेको छ |