हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

हुण्डी कारोबारीलाई राजश्व अनुसन्धान विभागले किन गर्दैन कारवाही ?

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाले एक वर्षमै ३२ हुण्डी कारोबारी पक्राउ गरेको थियो । पक्राउ गरेका हुण्डी कारोबारीलाई महाशाखाले अनुसन्धान तथा कारबाही गर्न राजश्व अनुसन्धान विभाग पठाउने गर्छ । आर्थिक वर्ष २०७२/०७३ मा मात्रै अपराध महाशाखाले ३२ जना हुण्डी कारोबारी विभाग पठाएको थियो । तर ती ३२ हुण्डी कारोबारीमाथि कारबाही भयो या भएन ? यो तथ्य बाहिर निकाल्न चाहँदैन राजश्व अनुसन्धान विभाग । प्रहरीले त्यतिकै कसैलाई पक्राउ गर्दैन |
हुन सक्छ कहिलेकाहीँ कोही निर्दोष पनि पक्राउ परेका हुन् तर हुण्डी कारोबारमा पक्राउ परेका सबै निर्दोष हुन् त ? हुन त विभागका निर्देशक मदन दाहालको जवाफ नै यस्तो छ ‘सर्वेन्द्रले झ्याप्प पक्रिन्छ, बाटोमा कोही पैसा बोकेर हिँडेको देख्न नहुने, के गर्न लागेको हो, केही नबुझी समाउने, उसको के जान्छ र ? वाहवाही पाउँछ, काम हामीले गर्नुपर्छ, प्रमाण पुग्दैन छुट्छ ।’

 

कहाँ गए त अपराध महाशाखाले पक्राउ गरेर बुझाएका हुण्डीका ३२ कारोबारी ? यसबारे राजश्व अनुसन्धान विभागका कर्मचारी बोल्न चाहँदैनन् । भएको सूचना पनि दिन मान्दैनन् ।
यी हुन् राजश्व अनुसन्धान विभागले लुकाएका हुण्डीका कारोबारी :
गएको वर्षको असोज ६ गते राजधानीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ पक्राउ गरी राजश्व अनुसन्धान विभाग पठाएका हुण्डी कारोबारीहरु ।
१. शंकरलाल कोठारी, वर्ष ५०
न्युरोड खिचापोखरीमा रहेको मिलाप चन्द जैनका सञ्चालक हुन् कोठारी । उनको साथबाट प्रहरीले १८ लाख ५० हजार ९ सय ९५ रुपैयाँ बरामद गरेको थियो ।
२. राजाराम पाण्डे, वर्ष ३५
नर्थ प्वाईन्ट मनि एक्चेन्जका सञ्चालक हुन् पाण्डे । उनको घर नुवाकोट मदनपुर–२ हो । उनको साथबाट प्रहरीले ५९ लाख बरामद गरेको थियो ।
३. राकेश बैद्य, बर्ष ४२
ओम मनि एक्चेन्जका सञ्चालक वैद्यको साथबाट प्रहरीले तीन लाख १९ हजार ६ सय ८५ रुपैयाँ बरामद गरेको थियो ।
४. किरण कुमार गुरुङ, ३८ वर्ष
खिचापोखरीको आरबी कम्प्लेक्समा रहको निलगिरी प्रालिका सञ्चालक हुन् । उनको साथबाट प्रहरीले ८८ लाख ३५ हजार पाँच सय रुपैयाँ बरामद गरेको छ ।
५. नवराज गुरुङ, वर्ष ४०
सुन्धाराको देउराली मनि एक्चेन्जका सञ्चालक गुरुङको साथबाट प्रहरीले ३६ लाख ५३ हजार एक सय ८५ रुपैयाँ बरामद गरेको थियो ।
६. जेवाल हक, वर्ष ३२
सुन्धाराको देउराली ट्राभल्स एण्ड टुर्स प्रालिका म्यानेजर हकको साथबाट युएस डलर सात सय ११ बरामद गरेको थियो |
७. केशरी चन्द, बर्ष ६३
कुचरियाको साथबाट प्रहरीले १६ लाख रुपैयाँ बरामद गरेको थियो ।
८. नन्दु कुमार मरगले
भारत महाराष्ट्र साङली घर भएका मरगलेको साथबाट प्रहरीले दुई लाख ६६ हजार पाँच सय रुपैयाँ, एक तोला ४४ लाल सुन र एक सय ९४ तोला ८ लाल चाँदी बरामद गरेको थियो ।
९. रविन्द्र सुवेदी, वर्ष ३५ र पृथ्वी बहादुर रावत, वर्ष ३५
न्युरोडमा रहेको कंगारु एक्सप्रेस सर्भिस प्रालिका सञ्चालक सुवेदी र रावतको मनि एक्सचेन्जबाट ३८ लाख ६ हजार पाँच सय रुपैयाँ बरामद गरिएको थियो ।
गएको बैखाश २९ गते महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी राजश्व अनुसन्धान विभाग पठाएका हुण्डी कारोबारी ः
१०. सुरेन्द्र गोयल, ५४ वर्ष
काठमाडौं– ३२ का गोयलको साथबाट प्रहरीले ५० लाख ६५ हजार एक सय ५० रुपैयाँ र भारतीय एक लाख रुपेया । उनी निकिदिभा ट्रेडर्सका सञ्चालक हुन् ।
११. सत्य प्रकाश शर्मा, २९ वर्ष
भारत राजश्थान चरु घर भई काठमाडौं बसन्तपुर बस्ने गर्थे शर्मा । उनको साथबाट प्रहरीले १५ लाख १३ हजार पाँच सय रुपैयाँ बरामद गरेको थियो । उनी पनि निकीदिभा ट्रेडर्सका क्यारियर हुन् ।
१२. आकाश बेद, २९ वर्ष
उनी भारत राजस्थानका हुन् । उनी कुलेश्वर बस्दै आएका थिए । उनको साथबाट १२ लाख ६६ हजार रुपैयाँ बरामद प्रहरीले बरामद गरेको थियो । उनी पनि निकिदिभा ट्रेडर्सका क्यासियर हुन् ।
१३. डिल बहादुर कुँवर, ४० वर्ष
स्याङ्जाको पिडिखोला–१ उनी काठमाडौंको न्यरोडमा बस्थे । कुवँर प्रभु मनि ट्रान्सफरका सञ्चालक हुन् । उनको साथबाट प्रहरीले तीन लाख ४२ हजार पाँच सय बरामद गरेको थियो ।
१४.शंकर लाल चनानी अग्रवाल, ४० वर्ष
अग्रवाल भारत राजस्थानको चुरु घर भई न्युरोडमा बस्ने गर्थे । उनी एन्जल्स प्रालिका सञ्चालक हुन् । उनको साथबाट प्रहरीले एक लाख ९२ हजार पाँच सय बरामद गरेको थियो ।
१५. निरञ्जन ढकाल, २० वर्ष
नुवाकोटको खानिगाँउ–४ ढकाल एन्जल्स प्रालिका क्यासियर हुन् । उनको साथबाट प्रहरीले २९ लाख ५० हजार बरामद गरेको थियो ।
१६.डिल्ली बस्नेत, ३७ वर्ष
बर्दिया मगडागढी–९ का बस्नेत पनि एन्जल्स प्रालिका क्यासियर हुन् । उनको साथबाट प्रहरीस्ले एक लाख ५० हजार बरामद गरेको थियो ।
१७. अर्जुन कंडेल, २२ वर्ष
तनहुँ व्यास–९ का उनी पनि एन्जल्स प्रालिका क्यासियर हुन् । उनको साथबाट ६ लाख रुपैयाँ बरामद गरेको थियो ।
१८. राजकुमार श्रेष्ठ, २१ वर्ष
गोरखा, बोर्लाङ्ग–५ घर भएका श्रेष्ठ टोखामा बस्ने गर्थे । उनको साथबाट प्रहरीले दुई लाख १२ हजार रुपैयाँ बरामद गरेको थियो । उनी पनि एन्जल्सका क्यासियर हुन् ।
१९. फुर्वा शेर्पा, २० वर्ष
दोलखा, काभ्रे–५ शेर्पा एन्जल्स प्रालिमा कार्यरत थिए । उनको साथबाट १२ लाख बरामद गरिएको थियो ।
२०. अरुण सावरथिया अग्रवाल, ४४ वर्ष
भारतको राजस्थान, जयपुरका उनी पूर्ण लक्ष्मी ईन्टरप्राईजेजका सञ्चालक हुन् । उनीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
२१. उदयकुमार शर्मा, ५२ वर्ष
ओखलढुङ्ग, पोकली–४ शर्मा पनि पूर्ण लक्ष्मी ईन्टरप्राईजेजका सञ्चालक हुन् । उनको साथबाट २० लाख बरामद गरिएको थियो ।
२२.कृष्ण प्रसाद खतिवडा, ४२ वर्ष
नुवाकोटको महाकाली–२ का उनी न्यू मारुती ईन्टरनेश्नलका क्यारियर हुन् । उनको आठ लाख ८१ हजार पाँच सय बरामद गरिएको थियो ।
२३.समिर श्रेष्ठ, २४ वर्ष
गोरखा, ताकुकोट–४ श्रेष्ठ पनि न्यू मारुती ईन्टरनेश्नलका क्यारियर हुन् । उनको साथबाट प्रहरीले चार लाख ५४ हजार रुपैयाँ बरामद गरेको थियो |
२४.नविन भट्ट, ३१ वर्ष
रसुवाको सरमथली–७ घर भएका उनी बालाजु बस्ने गर्थे । उनी हम्स मनी ट्रान्सफरका क्यारियर हुन् । उनको साथबाट प्रहरीले पाँच लाख रुपैयाँ बरामद गरेको थियो ।
वैशाख २९ गते पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले जम्मा एक करोड ७४ लाख ९९ हजार ६ सय ५० रुपैयाँ बरामद गरेको थियो ।
गएको भदौ १३ गते काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरी राजश्व अनुसन्धान विभाग पठाएका हुण्डी कारोबारी :
२५. पवन कुमार अग्रवाल सरावगी, वर्ष ४९
भारत राजस्थानका सरावगी अनु ट्रेडिङका सञ्चालक हुन् । उनको साथबाट प्रहरीले ६३ लाख ५० हजार ररुपैयाँ बरामद गरेको थियो ।
२६. मोहनमान श्रेष्ठ, वर्ष ४५
काठमाडौंको प्युखामा रहेको बिन्देश्वरी व्याग एण्ड रेडिमेड उद्योगका सञ्चालक हुन् श्रेष्ठ । उनको साथबाट १० लाख रुपैयाँ, एक लाख भारतीय रुपेया र विभिन्न बैकका ४९ वटा चेकहरु बरामद गरेको थियो ।
२७. कुमार राई, वर्ष १९
नुवाकोट घर भएका राई बिन्देश्वरी व्याग एण्ड रेडिमेड उद्योगमा कारोवार गर्न आएका थिए । उनको साथबाट १८ लाख रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।
२८. निर्दोष प्रसाई, वर्ष २३
काठमाडौं–२४ मा रहेको पाथिभरा ट्रेडर्सका सञ्चालक हुन प्रसाई । उनको साथबाट १९ लाख ७१ हजार पाँच सय रुपैयाँ र विभिन्न बैंकका १० वटा चेक बरामद भएको थियो ।
२९. राजन पौडेल, वर्ष २६
पौडेल माई पाथिभरा ट्रेडर्समा कारोवार गर्न आएका थिए । उनको साथबाट प्रहरीले ३२ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो ।
३०. टल बहादुर तामाङ, वर्ष ४२
तामाङ पनि माई पाथिभरा ट्रेडर्समा कारोवार गर्न आएका थिए । उनको साथबाट ११ लाख ५० हजार रुपैयाँ बरामद गरिएको थियो ।
३१. अमित खरेल, वर्ष ३१
झापाका खरेल पनि माई पाथिभरा ट्रेडर्समा कारोवार गर्न आएका थिए । उनको साथबाट प्रहरीले १२ लाख रुपैयाँ बरामद गरेको थियो ।
३२. रोहित दुलाल, वर्ष ४०
झापाका रोहित पनि माई पाथिभरा ट्रेडर्समा कारोवार गर्न आएका थिए । उनको साथबाट प्रहरीले पाँच लाख १६ हजार बरामद गरेको थियो ।

 

आर्थिक वर्ष २०७२ र ७३ मा अपराध महाशाखाले गरेका अप्रेशनमा मात्रै ३२ हुण्डी कारोबारी पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले ६ करोड ६२ लाख ८९ हजार २ सय २५ रुपैयाँ बरामद गरेको छ । त्यस्तै १ तोला सुन र १ सय ९५ तोला चाँदी पनि बरामद गरेको तथ्याङ्क महाशाखामा छ । हुण्डी कारोबारी गर्ने ३२ जना र पक्राउ परेका सबै सामानसहित अनुसन्धान गर्न अपराध महाशाखाले राजश्व अनुसन्धान विभाग पठाएको थियो ।
तर यी हुण्डी कारोबारीका बारेमा सूचना माग्दा राजश्व अनुसन्धान विभाग ठाडै अस्वीकार गर्छ । यिनीहरुलाई कारबाही भयो कि भएन, यिनीहरुको साथबाट बरामद गरेको पैसा के हो ? कहाँ गयो ? यो भन्न चाहँदैन विभाग ।
यसबारे प्रश्न गर्दा एकले अर्कालाई देखाउँदै कर्मचारी तर्किने गरेका छन् । यसको रहस्य के हो ? किन जानकारी गराइंदैन हुण्डी कारोबारमा पक्राउ परेका आरोपितका बारेमा ? विभागका उपमहानिर्देशक गोविन्द बहादुर बानियालाई हुण्डी कारोबारी बारे प्रश्न गर्दा उहाँले सोध्नुभयो, ‘तपाइँ पहिलोपटक विभाग आनुभएको हो ?’ उहाँको यस प्रश्नलाई के अर्थमा बुझ्ने ?






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution