हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

बिदेशी खादा प्रयोगमा लगाएको प्रतिवन्ध कार्यान्वयन नगर्न संस्कृति मन्त्रीको निर्देशन

खादा

१४ भदौ, काठमाडौं । विदेशी खादा प्रयोगमा लगाएको प्रतिवन्ध तत्कालका लागि हटेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले विदेशी खादा प्रतिवन्ध लगाउने सचिवस्तरीय निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।

वातावरण प्रदुषित हुने र राज्यकोषबाट वार्षिक करोडौं रकम बाहिरिने भन्दै मन्त्रालयका सचिव प्रेमकुमार राईले गत असार २१ गते मन्त्रालय मातहतका कार्यालय र विभागहरुलाई विदेशी खादा प्रयोग नगर्न निर्देशन दिएका थिए ।

मंगलबार नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध संघ-संस्थाहरुले पर्यटन मन्त्री शाहीलाई भेटेका छन् । र, मन्त्रालयले प्रयोगमा रोक लगाएको खादा नै लगाइदिए ।

साथै उनीहरुले निर्णय खारेजको माग गरेका छन् । उनीहरुले सरकारको निर्णय बौद्ध धर्मावलम्बीप्रति पूर्वाग्रही भएको आरोप लगाए । ‘उहाँहरुले प्रश्न गर्नु भो कि सिन्दुर, अविर कहाँबाट आउँछ ? हिन्दु धर्मावलम्बीले प्रयोग गर्ने राम-राम लेखिएको कपडा कहाँबाट आउँछ ? भनेर प्रश्न गरेका थिए |

विवाद बढ्दै जाँदा धार्मिक द्वन्द्व हुन सक्ने भएपछि आफूले निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको शाहीले बताए ।

विदेशी भनेर रोक्न नहुने तर्क आफूलाई चित्त बुझेको भन्दै उनले अघि भने, ‘यसो हेर्दा मैले लगाएको कपडा पनि भारतको रहेछ । जुत्ता पनि उतैको रहेछ । म त नाङ्गै हिड्नु पर्ने भो ।’

मन्त्रीले कुनै पनि धर्म तथा संस्कृतिमाथि आँच आउन नदिने प्रतिबद्धता जनाएको भेटमा सहभागी आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालले जानकारी दिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution