हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

नेकपा माओवादी केन्द्रका डेढ दर्जन नेताहरुद्वारा पार्टी परित्याग,पार्टी अध्यक्ष प्रचण्ड सत्ता लोभी भएको आरोप

भक्तपुर, भदौ १४ गते – ठूला राजनीतिक पार्टीका केन्द्रिय तथा जिल्लास्त्तरका नेताहरु संघीय नवराष्ट्र कम्युनिष्ट पार्टी नेपालमा प्रबेश गरेका छन ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा नेपाल, नेमकिपा लगायतका पार्टीका केन्द्रिय तथा जिल्लास्त्तरका नेताहरु संघीय नवराष्ट कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका हुन ।

सो पार्टीले मंगलवार एक विशेष कार्यक्रम आयोजना गरी पार्टीमा प्रबेश गराएको हो । पार्टी प्रबेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य लालकृष्ण घिमिरे, राप्रपा नेपालका भक्तपुर जिल्ला सदस्य दिपक थापा, नेकपा एमाले भक्तपुर जिल्ला कमिटि सदस्य बिन्दा पुरी, लगायतका एक दर्जन भन्दा बढि नेता तथा कार्याकर्ता संघीय नवराष्ट्र कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका हुन ।

टिका लगाएर पार्टी प्रबेशीहरुलाई स्वागत गर्दै संघीय नवराष्ट कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष गोपाल पोखरेलले विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा आउने व्यक्तिलाई उहाँहरुको योग्यता, क्षमता र दक्षताको आधारमा जिम्मेवारी प्रदान गर्ने विश्वास दिलाउनुभयो ।

ठूलो पार्टीहरु सत्तामोहमा फसेको र राष्ट्रियता संकटमा पार्दै गएकाले ती पार्टी परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्ने लहर चलेको उहाँको भनाइ छ । फरक प्रसंगमा उहाँले आगामी चैतभित्रै स्थानीय तहको निर्वाचन गरी स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि बाहाली गर्नुपर्ने बताउनुभयो ।

पार्टीका उपाध्यक्ष डेबिट पोखरेलले ठूलो पार्टी परित्याग गरी आफ्नो पार्टीमा आउने लहर नै चलेको बताउनुभयो ।

कार्यक्रममा पार्टी प्रबेशीहरुले ठूला पार्टीमा भन्दा साना पार्टीको नीति कार्यक्रम र योजना राम्रो भएको सोको कार्यान्वयनका लागि आफूहरु संघीय नवराष्ट कम्युनिष्ट पार्टीमा प्रबेश गरेको स्पष्ट पार्नुभयो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution