भारतीय गणतन्त्र दिवसमा नेपालका राष्ट्रप्रमुख मुख्य अतिथि

काठमाडौं, १३ भदौ – भारतले आगामी २६ जनवरीमा मनाउने गणतन्त्र दिवसमा नेपालका राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई प्रमुख अतिथि बनाउने विषयमा छलफल सुरु गरेको छ। भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार भापजा सरकारले सो विषयमा विशेष टोली नै बनाएर छलफल अगाडि बढाएको छ।
नेपालमा संविधान जारी भएपछि नेपाल–भारत सम्बन्धमा चिसोपना आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकताामा राखेको सन्देश दिन २६ जनवरीमा नेपालका राष्ट्रप्रमुख वा सरकार प्रमुखमध्य एकजनालाई विशेष अतिथिको रुपमा सहभागी गराउन पहल थालेको बताइएको छ। नेपालबाट राजा वीरेन्द्रपछि कोही पनि २६ जनवरीमा प्रमुख अतिथि बनाएको छैन।
अघिल्लो वर्ष अमेरिकी राष्ट्रपति बराक ओबामालाई भारतीय गणतन्त्र दिवसमा मुख्य अतिथि बनाइएको थियो। भारतमा हरेक वर्ष २६ जनवरीमा मनाइने गणतन्त्र दिवसमा विदेशी राष्ट्राध्यक्षलाई प्रमुख अतिथि बनाउने चलन छ। स्रोतका अनुसार भारतीय संस्थापन पक्षले नेपाललाई यसका लागि छिट्टै निमन्त्रणा दिने तयारी गरेको छ।