हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

दक्षिण एशियाकै एकमात्र ओलम्पिक संग्रहालयको शुभारम्भ

काठमाडौं भदौ २५ । नेपाली खेलकुद जगतका ऐतिहासिक तस्बिर, पोशाक, शिल्ड, ट्रफी, पदक लगायत विविध वस्तुहरुको संकलन, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ दक्षिण एशियाकै एकमात्र ओलम्पिक संग्रहालय शुभारम्भ भएको छ ।

नेपाल ओलम्पिक संग्रहालयको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भुईतल्लामा विशेष पुजाका साथ मुख्य कार्यालयको संग्रहालयका संरक्षक तथा युवा तथा खेलकुद मन्त्री माननीय पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा शुभारम्भ गर्नु भयो । उक्त अवसरमा प्रमुख अतिथि मन्त्री पौडेलबाट संग्रहालय कक्ष, लाइब्रेरी तथा कार्यालय कोठाहरुको निरिक्षण गर्नु भयो ।

उहा“बाट संग्रहालयको कार्यको प्रंशसा गर्दै यसको विकास विस्तारमा सबै खेल निकायहरुले सहयोग गर्नु पर्ने र आफुले पनि यसको लागि आवश्यक सहयोग गर्ने बारे विचार व्यक्त गर्नु भयो । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधान तथा महासचिव जीवनराम श्रेष्ठ (नवनिर्वाचित अध्यक्ष0 को पनि उपस्थिति रहेको थियो । गत भदौं १६ गते नेपाल ओलम्पिक कमिटी र नेपाल ओलम्पिक संग्रहालयबीच मुख्य कार्यालय, लाइब्रेरी, लगायत संग्रहालयलाई अझ व्यवस्थित गर्न सम्झौता भएको थियो । यस संग्रहालयको त्रिपुरेश्वर, दशरथ रंगशालास्थित कार्यालयमा गैर ओलम्पिक खेलको संग्रहालय कक्ष र तथा साग खेलकुद सूचना केन्द्रको सञ्चालन गरिने छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution