हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

एक पिताले आफ्नै छोरीलाई बलात्कार गरेर गर्भवती बनाएपछि …..

daiughter
मेलबर्न– अस्ट्रेलियाको सहर मेलवर्न सिटीमा बस्दै आइरहेका एक व्यक्तिलाई त्यहाँको एक अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । आफ्नै किशोरी छोरीलाई बलात्कार गरेर गर्भवती बनाएपछि उनलाई अदालतले यस्तो सजाय सुनाएको हो ।

डेलीमेलले दिएको रिपोर्ट अनुसार आरोपीले आफ्नै छोरीलाई चक्कुका भरमा धम्की देखाउँदै आफुले गरेको अपराध लुकाउन खोजेका थिए । आरोपीकी श्रीमतीले यस घटनाबारे थाहा पाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित किशोरीलाई विभिन्न बाहनामा बलात्कार गर्ने र धम्की दिने काम आरोपीले गरेका थिए ।

घरमा एक्लो भएको अवस्थामा आफ्नै छोरीमाथि बलात्कार गर्ने पितालाई प्रहरी हिरासतमा राखिएको थियो । भिक्टोरियन काउन्टी कोर्टमा मुद्धा दर्ता गरिएको थियो । पीडित किशोरीका वकिलले किशोरीकै बेड रुममा बलात्कार गरेको आरोप लगाएका थिए ।

अदालतमा भएको सुनवाईमा आरोपीले आमा अथवा अरु कसैलाई भनेमा चक्कुले हानेर मार्ने घम्की दिएका थिए । आफ्नो कुरा नसुन्ने भन्दै आरोपीले बारम्बार कुटपीट गर्ने गरेका थिए । आरोपीले पोर्न फिल्म हेर्न बाध्य बनाएको र पोर्न फिल्ममा जस्तै कार्य गर्न बाध्य पारेको सुनुवाईमा बताइएको थियो ।

शारिरीक यातना र बलात्कारको शिकार भएकी १४ वर्षीय किशोरीमा केही समय पश्चात गर्भवती भएका लक्षणहरु देखिन थालेका थिए । जब पीडित किशोरीकी आमाले किशोरीको पेट बढेको थाहा पाइन् र यसबारे अारोपीलाई बताइन्, आरोपीले किड्नीमा पत्थरी परेको भन्दै कुरा टाल्न खोजेका थिए ।

श्रीमतीलाई भ्रमित पार्न खोजेका आरोपीले पिडित किशोरी गर्भवती भएको कुरा लुकाउन हरसम्भव प्रयास गरेका थिए ।

अदातलमा न्यायधीशले आरोपीलाई सोधेका थिएँ, ‘तिमीले आफ्नी श्रीमतीलाई विश्वास कसरी दिलायौ कि त्यो किड्नीमा पत्थरी नै थियो भनेर? उल्टै छोरीलाई पानी र खाने कुरा धेरै नखाएको भन्दै दोष लगायौ ।’

पीडित किशोरीकी आमालाई शंका लागेपछि उनी छोरीलाई लिएर डाक्टरकोमा जचाँउन पुगेकी थिइन् । जचाउन पुग्दा उनी आश्चर्य चकित परिन् । छोरी गर्भवती भएको थाहा पाएपछि उनको होसहवास नै उडेको थियो । त्यस घटना लगत्तै उनी प्रहरीमा उजुरी गर्न गएकी थिइन् ।

आरोपीले प्रहरीलाई दिएको बयानमा भनेका छन्,‘ म मान्छे होइन । म जनावरभन्दा पनि तल्लो स्तरको व्यक्ति हुँ ।’

न्यायधीशले मानवको नाममा कंलक भएको भन्दै १० वर्षको जेल सजाय सुनाएका हुन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution