हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

काभ्रे बस दुर्घटनाका क्याबिनमा ३ जना केटी ‘दुर्घटनापछि चालक केटी लिएर भागे’

काभ्रेपलाञ्चोक – सवारीसाधन सञ्चालनका लागि आवश्यक पर्ने मार्ग अनुमतिपत्र रुट परमिट अब जिल्ला प्रशासन कार्यालयबाटै पाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले शुक्रबार मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवस्था कार्यालयबाट लिनुपर्ने ‘रुट परमिट’ सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै लिन सकिने व्यवस्था गरेका हुन् । जिल्लाका सडकको अवस्था र यात्रुलाई सहजरुपमा यात्रा गराउन कुन ठाउँमा कति सवारी चाहिन्छ भन्ने सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई थाहा हुने भएकाले दुर्घटना रोक्न पनि यस्तो निर्णय प्रभावकारी हुने विश्वास गरिएको छ ।

साउन ३१ गते सोमबार दोलालघाटबाट कात्तिके देउरालीतर्फ आइरहेको बा ३ ख १०६ नम्बरको यात्रुवाहक बस बिर्ता देउराली–९, खहरेमा दुर्घटना हुँदा २६ जना यात्रुको घटनास्थल र एक जनाको उपचारका लागि काठमाडौँ लैजाने क्रममा हेलिकप्टरमा राखिसकेपछि निधन भएको थियो ।

घटनाको १३औँ दिन शनिबार कात्तिके देउरालीमा आयोजित श्रद्धाञ्जलिसभामा मन्त्री लेखकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई ‘रुट परमिट’ दिने अधिकार दिएपछि सडकका कारण हुने दुर्घटना रोकिने बताए ।

kavre bus accident

दुर्घटनामा कात्तिके देउरालीकै सातजनाको निधन भएको थियो । सभामा उपस्थित मृतकका परिवार एवम् स्थानीयवासीले दोलालघाट–बिर्तादेउराली–कात्तिके देउराली सडक सुधार नगरी सवारी नचलाउन मन्त्री लेखकसँग माग गरेका छन् । यो क्षेत्रमा अरनिको यातायातको एकाधिकार भएकाले अरू सवारी नचल्दा एउटै सवारीमा क्षमताभन्दा बढी यात्रु कोचिन बाध्य हुनुपरेको स्थानीय सरस्वती गौतमले बताए ।

दुर्घटनामा बाबु औलातसिंह तामाङ र आमा माइली तामाङलाई गुमाउनुभएका नोर्बु तामाङ अरनिको यातायातको दादागिरी र एकाधिकारले नै काठमाडौँमा उपचार गराई रोग निको बनाएर फर्केका बाबुआमालाई अनाहकमा गुमाउनु परेको दुखेसो पोख्नुहुन्छ । सुनकोसीपारि गोठपानी, बिर्ता देउराली, कात्तिके देउराली, मादन कुँडारी, पोखरीचौरी, माझीफेदा लगायत जिल्लाका १७ गाविस छन् । यी गाउँमा एक वर्षअघिसम्म दैनिक पाँचवटा यात्रुवाहक सवारीसाधन सञ्चालन हुने गरेकामा गत वर्ष भारतले अघोषित नाकाबन्दी गरेपछि एउटै मात्र सवारी जाने गरेको स्थानीयवासी राजु गौतमले बताए ।

“एउटै यात्रुवाहक सवारीमा कोचाकोच यात्रु, सिमेन्ट, चामल, जस्ता र रडजस्ता सामान हालिएको, सवारीको क्याबिनमा केटी राखिएको र चालकको पनि गल्तीले दुर्घटना भएको घाइतेको गुनासो छ”–उनले भने । सवारीमा क्षमताभन्दा बढी यात्रु, सामान किन राखेको भनी स्थानीयवासीले चालकसँग कुरा राख्दा ‘ओर्लेर जा’ भन्ने गरेको कोसीपारिवासीको गुनासो छ । साउन ३१ गतेको दुर्घटनाका दिन पनि क्याबिनमा तीनजना केटी राखिएको थियो । बस पल्टिएपछि चालक अर्जुन गौतमले एउटी केटीलाई समातेर लिएर भागेको घाइतेले देखेको स्थानीयवासीको भनाइ छ ।

दुर्घटनामा प्रेमविवाह गरेकी श्रीमती सीता परियार बर्देवालाई गुमाएका स्थानीयवासी रमेश बर्देवाले आफ्ना दुई बच्चा टुहुरा भएजस्तो अरू बच्चाले टुहुरा नहुने गरी यातायात क्षेत्रको नीति निर्माण गर्न मन्त्री लेखकसँग माग गरे । “बिना राजनीतिक पूर्वाग्रह दुर्घटनामा मृत्यु भएका परिवारलाई दिइने क्षतिपूर्ति दिइनुपर्छ, पीडित परिवारको व्यवस्थापनका लागि क्षतिपूर्ति छिटो दिइनु जरुरी छ, घाइतेको उपचार पनि राम्रोसँग गरियोस्”–उनले भने ।

वीर अस्पतालका चिकित्सकलाई प्रभावमा पारी अरनिको यातायातले दुर्घटनाका घाइतेलाई ठीक नभईकन घर पठाउन थालेको स्थानीयवासीको गुनासो छ । मृतकको सामान १३औँ दिन बितिसक्दा पनि पाउन नसकिएको पनि पीडितको भनाइ छ । स्थानीय सुमन बर्देवा आफ्ना दाइ कृष्णहरि बर्देवाको मोबाइलको सीमसम्म पनि प्रहरी लगायतका निकायसँग पटक पटक माग गर्दा पनि पाउन नसकिएको बताउँछन् । “त्यो सीममा दाईका कामसँग सम्बन्धित धेरै सूचना थिए, जुन परिवारका लागि अब आवश्यक छ”–उनले भने ।

सवारीमा ल्याइएका चामल, सिमेन्ट लगायतका सामान अहिले पनि घटनास्थलमा छरपस्ट अवस्थामा देखिन्छ । दुर्घटनामा दुई दर्जनभन्दा बढीको निधन भएपछि सामान लगेका परिवार शोकमा डुबेकाले सामान घटनास्थलमै छरपस्ट बनेको हो । अरनिको यातायातका सवारीबाहिर रङ लगाएर आकर्षक देखिने गरेपनि भित्र इन्जिन बिग्रिएर काम नगर्ने अवस्थामा पुग्ने अनुभव गरेपछि मानसिक अशान्तिले आफूले चालक पेसा नै छोडेर बसेको स्थानीयवासी हरि बाँस्कोटाको भनाइ छ । “डाँडाकाँडाको यो अप्ठ्यारो बाटोमा कन्डिसनका सवारी चलाइनुपर्छ, अनुभवी चालकलाई सवारी चलाउन दिनुपर्छ, अल्लारे चालकलाई होइन”–उनले भने ।

नेपालमा मृत्युको चौथो कारण सडक दुर्घटना बन्ने गरेको छ । आर्थिक वर्ष २०७२÷७३ मा दुई हजार छजनाको दुर्घटनामा मृत्यु भयो । दैनिक २३ घटनामा छजना मर्ने गरेको तथ्याङ्क ट्राफिक प्रहरीसँग छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution