हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

विदेशी खादाको प्रयोगमा प्रतिबन्ध

khadaa

काठमाडौं, भदौ १२ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विदेशबाट आयत गरिएको खादा प्रयोगमा प्रतिबन्ध लगाएको छ । विदेशबाट खादा आयात गर्दा वार्षिक करोडौ रुपैयाँ विदेशीएको र त्यसले वातावरण प्रदुषण समेत गरेको भन्दै मन्त्रालयले खादा प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले विदेशी खादाको सट्टा स्वदेशी खादाको प्रयोग गर्न भनेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सहसचिव घनश्याम उपाध्यायले भने, ‘विदेशी खादा आयात गर्दा वार्षिक करोडौ रुपैयाँ विदेशिएको छ । त्यसले वातारण प्रदुषणमा पनि सहयोग गरेको छ । त्यसले प्रयोग नगर्न भनेका हौ ।’

मन्त्रालयले आफू अन्र्तगतका ४० वटा निकायहरुलाई कुनै पनि कार्यक्रममा विदेशबाट आयातित खादा प्रयोग नगर्न लिखित निर्देशन नै दिएकोछ । ‘स्वदेशी बस्तुको प्रयोग गर्न प्रोत्साहन मिलोस भन्ने उद्देश्यले यस्तो निर्णय गरेका हौं । मन्त्रालय अन्र्तगतका निकायलाई मात्रै यस्तो निर्देशन दिएका हौं’, उपाध्यायले नेपालीपत्रसँग भने ।

विदेशी खादाको प्रयोगमा प्रतिबन्ध लगाउँदा नेपालमा खादाको उत्पादन हुन सक्ने र ढाका तथा कटनको प्रयोग बढाउन सकिने मन्त्रालयको भनाई छ । अहिले नेपालमै प्रशस्त मात्रामा ढाका र स्वदेशी खादाको समेत उत्पादन भइरहेको तर, विदेशबाट आयात हुने खादाको कारण नेपाली उत्पादन ओझेल परेको उपाध्ययले बताए ।

नेपालमा अहिले सादा खादाको उत्पादन भइरहेको छ । तर, विदेशबाट आयात हुने रंगीन खादाका कारण नेपालमा उत्पादन हुने खादाले बजार पाएको छैन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्रिभुवन विश्वविद्यालयको एउटका कार्यक्रममा विदेशबाट आयात हुने खादालाई रोक्नुपर्ने विचार व्यक्त गरेका थिए । विदेशबाट खादा आयात हुदाँ अनावश्यक रुपमा राष्ट्रिय ढुकुटीबाट रकम विदेशीएको उनको भनाई थियो ।

अहिले सरकारी वा गैरसरकारी सबै खालका कार्यक्रममा अतिथिहरुलाई मालाको सट्टा खादा लगाएर स्वागत गर्ने प्रचलन बढेको छ । बधाई ज्ञापन गर्दा, विदेशी तथा स्वदेशी पाहुनालाई स्वागत गर्दा पनि खादाकै प्रयोग गर्ने गरिएको छ । जसले, नेपाली पहिचान ओझेलमा परेको गुनासो चौतर्फी रुपमा बढ्दै गएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution