हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

युएईमा २२ औ विश्व आदिवासी दिवस सम्पन्न, राम मोक्तान तामाङ र बसन्ती दोंङ तामाङ सम्मानित

D

-सनिल  घिसिङ तामाङ

दुबई – नेपाल आदिबासी जनजाति महासंघ युएईले २२ औ विश्व आदिवासी दिवसको अबसर पारेर आयोजना गरेको “आदिवासी जनजाति महोत्सव–२०७३“ २६ अगस्त २०१६ मा सम्पन्न भएको छ । नेपालका बिबिध आदिवासी सभ्यतालाई उजागर गर्दै नेपाल आदिबासी जनजाति महासंघ युएई आबद्ध ११ जातिय संस्थाहरूले आफ्नो जातिय पहिचान तथा मौलिक संस्कृति झल्कने कला, भेषभूषा, साहित्य, बाजागाजा, घरायसी औजार तथा खाना-परिकारहरू प्रदर्शनी गरेका थिए ।

नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष डेरराज तमुको सभापतित्व, प्रमुख अतिथि नेपाली दूतावास युएईका कार्यबाहक राजदुत नेत्र टण्डन, बिशेष अतिथिहरु नेपाल आदिबासी जनजाति महासंघ युएईका भूपू अध्यक्षहरु, आवद्द ११ जातीय संस्थाका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकारहरु लगायात युएईका विभिन्न शहरहरुबाट आएका सयौं आदिबासी जनजातिहरुको उत्साहजनक उपस्थिति रहेको तामाङ समाज युएईका केन्द्रिय उपाध्यक्ष (तृतिय) तथा कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास युएईका कार्यवाहक राजदुत नेत्रबहादुर टन्डनले कार्यक्रमलाई सम्बोधन गर्दै जनजातिहरुको धर्म, भाषा तथा संस्कृति नेपाल र नेपालीको वास्तविक पहिचान भएको बताउदै यसलाई व्यवस्थित र प्रवर्दन गर्दै लानु पर्ने बताउनु भयो । प्रमख अतिथि नेपाली दूतावास युएईका कार्यबाहक राजदुत नेत्र टण्डनले छ्योमि बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । आयोजक संस्थाका तर्फबाट द्धितिय उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले स्वागत मन्तव्य, प्रथम उपाध्यक्ष पासाङ शेर्पाले आदिवासी दिवस र समसामायिक बिषयमा आफ्नो मन्तब्य र कार्यक्रमका सभापतिले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन नेपाल आदिबासी जनजाति महासंघ युएईका महासचिव शुत्रमनि राई र बिजया लक्ष्मी राईले गरेका थिए ।

नेपाल आदिबासी जनजाति महासंघ युएईले यूएईमा स्थापित नेपाली जातिय संघहरूमा आबद्ध भई विशेष योगदान दिने दुई जनालाई बिशेष सम्मान गर्ने कार्यक्रम अन्तर्गत यसबर्ष तामाङ समाज युएईमा लामो समयदेखि अनवरत रूपमा सामाजिक कार्यहरूमा सक्रिय रहि काम गर्दै आएका तामाङ समाज युएईका संरक्षक तथा निबर्तमान अध्यक्ष राम मोक्तान र तामाङ समाज युएईकी केन्द्रिय सचिब बसन्ती दोङलाई सम्मान गरेको छ । त्यसैगरी तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानलाई प्रमुख अतिथिले दोसल्ला ओढाएर सम्मान गरेका थिए । तामाङ समाज युएईका तर्फबाट तामाङ चलचित्रका नायक बिजय लामा थोकर, बिक्रम लामा तामाङ, जस्मिन तामाङ र लोमु शेर्पाले तामाङ सेलो गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । यूएईमा वसोवास गर्ने तामाङहरू लगायत विभिन्न आदिवासी समुदायहरूले आ-आफ्नो संस्कृति झल्कने प्रस्तुतिहरू कार्यक्रममा प्रस्तुत गरेका थिए ।

ड

कार्यक्रमको मुख्य प्रायोजक आशा H4 फाउणडेशन नेपाल र सह-प्रायोजकहरूमा अस्टोरिय होटल बरदुबई, हिमालयन वर्लड ट्राभल्स एलएलसी, अहलिया हस्पिटल हम्दान अबुधावी, सञ्जय गार्मेन्टस बरदुबई, जेडिअार रियल स्टेट ब्रोकेरेज, फिस्टेल ट्राभल्स एन्ड टुर्स बरदुबई, नमस्ते ट्राभल्स एन्ड टुरस बरदुबई, एभरेस्ट रेस्टुरेन्ट बरदुबई, सिटिलाइफ ट्राभल्स एन्ड टुरिजम बरदुबई, लाङघाली ट्रस्ट थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution