हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

एनआरएनको नवौं क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सीमा सुरु

nrn3

न्यूजर्सी । गैरआवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलन संयुक्त राज्य अमेरिकाको न्यूजर्सीमा सुरु भएको छ । सम्मेलनमा परिवर्तित परिस्थीतिमा संस्थालाई सन् २०३० सम्म कस्तो बनाउने भन्ने बिषयमा मुख्यरुपमा छलफल हुनेछ ।

एनआरएन अध्यक्ष शेष घलेले सम्मेलनमा पेश गर्ने ‘भिजन २०२० एण्ड बियोण्ड’ शीर्षकको अबधारणापत्रमाथि बिभिन्न ३५ देशबाट आएका गैरआवासीय नेपाली प्रतिनिधिहरुले छलफल गर्नेछन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष शेष घलेले परिवर्तित समयअनुसार संस्थामा परिवर्तन अत्याबश्यक भएकाले आगामी २० वा तीस बर्षमा संस्थालाई कस्तो बनाउने भनी प्रस्ताव पेश गरिएको बताउनुभयो । नेपालमा संविधान जारी भएर स्थायित्व र आर्थिक सम्बृद्धितिर अगाडी बढ्न लागेको र संघलाई नेपालका बिकाश साझेदारका रुपमा स्थापित गर्ने लक्ष्य राखिएको हुँदा त्यही अनुसार संस्थालाई सवल बनाउन नयाँ नीति र संरचनाबारे तयारी गर्नुपरेको घलेले बताउनुभयो ।

‘गत बिश्व सम्मेलनले नै नेपालको आर्थिक तथा सामाजिक विकाशमा साझेदार बन्नेगरी संघलाई डेभलपमेन्ट कम्प्याक्टका रुपमा विकाश गर्ने नीति तय गरेको थियो’ अध्यक्ष घलेले भन्नुभयो, त्यहि निर्णयको कार्यन्वयन सुरु गर्न लागिएको हो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै सस्थापक अध्यक्ष उपेन्द्र महतोले मुलुक सम्बृद्ध नभई बिदेशमा रहने नेपालीको शिर ठाडो नहुने भएकाले एनआरएनले मुलुकमा सीप र पूँजी लगानी गर्नुपर्ने बताउनुभयो ।
संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्यले मुलुक सन् २०२० सम्ममा अतिकम विकशित मुलुकको सूचीबाट माथि उठने तयारी गरिरहेको हुँदा त्यससँग मेल खानेगरी एनआरएनले संस्थाको सरचना बदल्न खोज्नु जायज भएको बताउनसभयो ।

संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले संस्थाको १३ बर्षको यात्राका लागि बधाइ दिँदै आगामी २० वा तीस बर्षको नीति तथा संरचना तयार पार्न लागेकोमा बधाइ दिनुभयो । नेपाल र बिदेशमा रहेका नेपालीहरुले ध्यान न्यूजर्सी सम्मेलनतिर रहेको भन्दै उहाँले संस्थालाई थप सवल बनाउने नीति र संकल्प लिएर अगाडी बढन आग्रह गर्नुभयो ।

छलफलमा आएका सुझावका आधारमा सम्मेलनले गैरआवासीय नेपाली संघको रणनीति र संरचना फेरबदल गर्ने प्रस्ताव तयार गर्नेछ । जसलाई सन् २०१७ को विश्वसम्मेलन पछि लागू गर्ने लक्ष्य लिइएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution