हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

आदिवासी जनजातीका पहिचानवादी नेता एवं पुर्वमन्त्रि गोरे बहादुर खपाङ्गी मगरको निधन

gore

काठमाडौं – २०७३  भाद्र  १२  |  पुर्ब मन्त्री गोरे बहादुर खपाङ्गीको निधन भएको छ । उपचारको क्रममा शनिबार बेलुका १० बजेर २२  मिनेट जाँदा काठमाण्डौ बाँसवारीको न्युरो अस्पतालमा ७० बर्षको उमेरमा उहाको निधन भएको गोरेबहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष हुम बहादुर थापा (पचभैया)ले जानकारी दिनुभयो । शनिबार दिउसो ४ बजे पिसाब बन्द भई ज्यान सुन्निए पछि उहालाई अस्पाल लगिएको थियो । अस्पताल बाट सामान्य उपचार पछि खपाङ्गीलाई उहाको निवास ललितपुर स्थित नख्खुदोबाटो ल्याईएको थियो ।

फाउण्डेशनका अध्यक्ष थापाका अनुसार घरमा ल्याएपछि नै झन समस्या भएपछि पुन न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाको शनिबार बेलुकी १० बजेर २२ मिनेट जादा अस्पतालमै मृत्यु भएको हो । २०६९ साल भाद्र २२ गते तत्कालिन पुर्ब राजा ज्ञानेन्द्र शाहको पालामा खपाङ्गी ८ महिना सम्म महिला तथा बालबालिका मन्त्री बन्नुभएको थियो ।

२०७० साल बैशाख १२ गते काठमाण्डौ राष्ट्रिय सभागृहमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सबमा सहभागी हुन जाने क्रममा खपाङ्गीलाई प्रदर्शनी मार्गमा मोटरसाईकलले ठक्कर दिई गंभिर घाईते बनाएको थियो । दुर्घटना पछि नै अर्धचेत हुनुभएका पुर्ब मन्त्री खपाङ्गीको माईतीघर स्थित अन्नपुर्ण न्युरो अस्पतालमा पहिलो सल्य कृया गराईएको थियो । शल्यकृया पछि पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि उहालाई सिंगापुर लगी थप उपचार गरिएको थियो । दुर्घटना पछि नै उहा बोल्न र चल्ल समेत नसक्ने हुनुभएको थियो । २००३ साल श्रावण २५ गते थाक्ले उदयपुरमा वावा अम्रित बहादुर र आमा पदममायाको कोखबाट जन्मिनुभएका गोरे बहादुर नेपाल मगर संघको सस्थापक हुनुहुन्थ्यो । २०४८ साल देखि निरन्तर सम्म ४ कार्यकाल मगर संघको अध्यक्ष बन्नुभएका खपाङ्गी मन्त्री छदा राजाको हातबाट टिका लगाएको भन्दै सर्बत्र आलोचित हुनुभएको थियो । खपाङ्गीको परिवारमा श्रीमती बिध्या , छोराहरु शिलाजित र शिखरजित,बुहारी , छोरी चारु र शिरु र नातिनि निरया छन् ।

नेकपा मालेबाट राजनितिमा प्रवेश गर्नुभएका खपाङ्गी पार्टी परित्याग गरि राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिब हुदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको अध्यक्ष हुनुहुन्थ्यो ।

राजनिति शास्त्रमा एम, ए उर्तिण खपाङ्गी २०४२ सालमा राष्ट्रिय शिक्षक संगठनको सस्थापक केन्द्रिय सदस्य हुनुहुन्थ्यो । प्रखरबतmाको रुपमा परिचित खपाङ्गी पंचायत कालमा १४ महिना जेल पर्नुभएको थियो । स्वर्गिय खपाङ्गीको मगर सस्कार अनुसार आईतबार बेलुकी पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएका छन् । @ राज्यसत्ता |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution