म्युजिक भिडियो सुटिङको गाडी दुर्घटना हुँदा ११ जना घाइते, ३ गम्भिर
काठमाडौं । काठमाडौंको नाङ्लेभारेमा माइक्रोबस दुर्घटना हुँदा गायक जिबन बोम्जन तामाङ, डिका गुरुङ, आर बि लामा तामाङ , मिना दोङ तामाङ लगायत र सम्पूर्ण सुटिङ युनिट परेको छ | ३ जना गम्भिर घाइते भएका छन् भने अन्य ८ सामान्य घाइते भएका छन् ।
म्युजिक भिडियो सुटिङका लागि बिहान नाङ्लेभारेतर्फ गएर फर्किएको बा १ ज ९२१९ नम्बरको रिजर्भ माइक्रोबस लप्सिफेदीस्थित खोलामा दुर्घटनामा परेको हो ।
माइक्रोको स्टेरिङ फेल हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । गम्भिर घाइते ३ जनालार्इ उपचारका लागि जाेरपाटीस्थित नेपाल मेडिसल कलेज र अन्य सामान्य घाइते ८ काे साँखुस्थित पिपुल्स लाइफकेयर अस्पतालमा उपचार भइरहे प्रहरी निरिक्षक उमेश जोशीले जानकारी दिए ।