हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

विदेश पठाइदिने भन्दै दलालले जग्गा आफ्नो नाममा बनाए

Bhakta Darji

भक्त बहादुर दर्जी/नवलपरासी 

मेरो घर गैंडाकोट नगरपालिका वडा नम्बर ७ शक्तिटोलमा पर्छ । हाम्रो परिवारको अवस्था कमजोर भएपनि विदेशको कुरा घरमा नछिरुञ्जेल शान्ति नै थियो । तर अहिले हाम्रो परिवार समस्यामा परेको छ ।
कुरा २०६२ सालको हो । भाइले विदेश जाने मन लागेर गाउँका एजेण्ट दशरथ गिरीलाई भेटेछ । उनले कमाई राम्रो हुन्छ भनेपछि भाइले विदेश जाने निधो ग¥यो । तर एजेण्टले ८५ हजार रुपैयाँ लाग्छ भनेपछि चाहिँ ऊ मात्रै होइन हामी पनि हच्कियौैं ।
किन भने उसलाई विदेश पठाउन चाहिने ८५ हजार हामीसँग थिएन । मेरो बुबा लक्ष्मण दर्जीले एजेन्टलाई पैसा छैन भन्नुभयो । तर एजेण्ट अर्को विकल्प देखाइदिए ।
एजेण्टले बुवालाई ‘मेरो नाममा २ कठ्ठा जग्गा पास गरिदेउ म त्यो जग्गा बैकमा राखेर पैसा निकाल्दिन्छु ।’ भने । उनले कमाएर ८५ हजार फिर्ता गरेपछि जग्गा फिर्ता गरिदिन्छु पनि भने ।
त्यतिबेला हामीले बैंकमा जानु र अन्य प्रक्रियाका लागि पनि पैसा नै लाग्ने बरु त्यहि गरे बेस जस्तो लाग्यो । अनि मेरो बुवाले २ कठ्ठा जग्गा दशरथ गिरीको नाममा पास गरिदिनुभयो । जग्गा पास गर्दै गर्दा बुवाले छोरोले विदेश गएर कमाइहाल्छ ८५ हजार फिर्ता गर्न कति पो गाह्रो होला र ?

भन्ने सोच्नुभएको थियो । गाउँका चार जना साक्षी बसे र कित्ता नम्बर १२६० को दुई कठ्ठा जग्गा बुवाले दशरथकी श्रीमती शुभलक्ष्मी गिरीको नाममा पास गरिदिनुभो । जग्गा हात परेपछि विदेश पठाउनु त कता हो कता दशरथ गिरी सम्पर्कमै आउन छोडे ।
उनलाई खोज्दै घरमा जाँदा उनीहरु सपरिवार घर जग्गा सबै सम्पत्ति बेचेर गैंडाकोटबाट अन्तै गइसकेको थाहा पायौं । दिन बित्यो, महिना बित्यो तर मेरो भाइको विदेश जाने दिन कहिल्यै आएन । मेरो भाइ मनबीर दर्जी अहिले भारतमा काम गर्दैछ ।
भएको दुई कठ्ठा १७ धुर जग्गा त्यहि पनि २ कठ्ठा जग्गा एजेन्टको नाममा पास गरेपछि मेरो घरमा अहिले समस्या छ । यही समस्याले बुवालाई पिर थपिँदै गयो । न भाइ बिदेश जान सक्यो न त जग्गा नै बाँकी रहयो ।

darji
यही पिरले मेरो बुवाले आत्महत्या गर्नुभयो । जग्गा अर्कैको नाम पास गरिदिएको भए पनि अहिलेसम्म जग्गा दावी गर्न उदीहरु आएका त छैनन् । तर त्यो जग्गा फिर्ता गर्न कहाँ जाने के गर्ने केहि थाहा छैन । जग्गा फिर्ता गर्न के गर्ने र कसरी मुद्धा लड्ने हामीलाई केहि थाहा छैन ।
(नवलपरासीमा रहेको सुरक्षित आप्रवाशन सुचना तथा परामर्श केन्द्रकी परामर्शदाता रञ्जना लम्सालसँगको कुराकानीमा आधारीत)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution