हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

एमाले देश र जनताको हितमा संविधान संसोधन गर्न तयार छः महासचिव पोखरेल

Pokhrel

भक्तपुर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले देश र जनताको हितमा हुनेगरी संविधान संशोधन गर्न तयार रहेको बताएका छन् ।

युवा सङ्घ नेपाल जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले संविधान गतिशील र परिवर्तनशील दस्तावेज भएकाले औचित्य, अभ्यास, अनुभव र आवश्यकताका आधारमा मात्र संशोधन हुनसक्ने बताए ।

उनले भने, “कसैलाई सत्तामा पु¥याउने भ¥याङ बनाउन र कोही कसैको स्वार्थ पुरा गर्नका खातिर संविधान संशोधन हुन सक्दैन ।” उनले एमालेलाई मधेसमा एक वा दुई प्रदेश मान्य नभएको बताउँदै सिमाङ्कनको फैसला केही ठालु व्यक्तिले होइन, जनता र जनताका प्रतिनिधिले टुङ्ग्याउनुपर्ने बताए ।

नेता पोखरेलले अङ्गिकृत नागरिक देशको उच्च पदमा बस्न नपाउने अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालले पनि अङ्गिकार गरेको बताउँदै केही अङ्गिकृत नागरिकता लिएका मधेसी नेताहरूले चाहँदैमा अङ्गिकृत नागरिकलाई मुलुकको उच्च पदमा आसिन गराउने प्रयास सफल नहुने बताए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य राजन भट्टराई, युवा नेता महेश बस्नेत, सांसद केदार सञ्जेल, एमाले जिल्ला उपाध्यक्ष वचन देउजा, युवा सङ्घका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, महासचिव किरण पौडेल, उपत्यका अध्यक्ष दीपक थापालगायतले युवा उत्पादनशील, शीपमूलक, रोजगारी र सिर्जनशील बन्नुपर्नेमा जोड दिएका थिए । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution