हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

डाडुपन्यु बाहुन क्षेत्रीहरुकै हातमा: पूर्वराज्यमन्त्री एवं समाजसेवी सुश्री भद्राकुमारी घले

bhadraKGhale

नेपालको आदिवासी जनजाति आन्दोलनको शुरुवाती दिनदेखि आफ्नै खालको योगदान दिँदै आउनुभएकी पूर्वराज्यमन्त्री एवं समाजसेवी सुश्री भद्राकुमारी घले गरेको कुराकानीको अंश —

पचासौं वर्षदेखि जनजातिको मुक्ति र अधिकारको लागि भनेर लागिरहनुभएको छ । त्यो बेलाको आन्दोलन र अहिलेको आन्दोलनमा के फरक पाउनु भएको छ ?

जनजाति भनेको कस्ता भने एक छाक खान पाएपछि अरु केही नचाहिने । अधिकारको कुरै गर्न नचाहने । खानु पाएपछि अरु केही नसोच्ने ।

धन्न भारतमा ब्रिटिशहरुले आर्मी लानको लागि पत्याएका कारण संसार देखेका छन् । तर पनि जनजाति भनेका कस्ता भने रबरजस्ता — तानेपछि तन्किने, अनि छोडेपछि जस्ताको त्यस्तै । त्यसैले दुनियाँ देखे पनि, ठुल्ठुलो कुरा सिकेर आए पनि यहाँ फर्केपछि फेरि एक छाक खाने बाहेक समाज र राष्ट्रका लागि केही गरौं भन्ने भावना नै नहुने ।

प्रजातन्त्र आएपछि जनजातिहरुले अधिकार पाएको वा अधिकारको कुरा सम् मगर्न सजिलो भएको जस्तो लागेको छ ?

अहिले प्रजातन्त्र भने पनि लोकतन्त्र भने पनि डाडुपन्यु बाहुन क्षेत्रीहरुकै हातमा छ । बाठाटाठा उनीहरु नै हुन् ।

फेरि व्यवस्था भएर के गर्ने ? हामीमा क्षमतै छैन । हाम्रो क्षमताको विकासै हुन दिएको छैन अनि प्रजातन्त्र आएर मात्र पनि के गर्ने ? यो त हाम्रो लागि बाँदरको हातमा नरिवलजस्तो भयो । यो प्रजातान्त्रिक वातावरणमा पनि हामीले आफ्नो अधिकारका लागि लड्न सकेनौं, अधिकार लिन सकेनौं ।

हामीले त्यत्रो जनजाति महासंघ बनायौं । विश्व नै त्यसलाई मद्दत गर्न तयार छ । विश्वमा उच्च शिक्षा लिएका, उच्च विचार लिएका र शक्ति भएका मानिसहरु छन् । उनीहरुमा यहाँका जनजातिहरु उठोस् भन्ने भावना छ । तर हामीमै क्षमता छैन, हामी नै क्षमतावान् बन्न सकेनौं ।

अवसर भए पनि आदिवासी जनजातिहरु नै आपसमा नमिलेर यस्तो भएको हो कि ?

हो, आदिवासी जनजातिहरुबीच एकता छैन । अर्कोतिर राज्यसत्तामा पहुँच भएका समुदायका मानिसहरु टाठा छन्, उनीहरु बाठा छन् । हामीलाई लडाउँछन्, हामीलाई गिराउँछन् । हामी आपसमा शंका धेरै गर्छौं । शंका नै त हो । कोही मानिस कोहीसँग बोल्यो कि भेट्यो कि अरु कुरा काट्छन्, शंका गर्छन् । नानाथरी कुरा गरेर मिलेर केही गर्छौं भन्नेहरुलाई फाट्छन् ।

यसप्रकारको वातावरण, सारा सिर्जनामा हामी बाँचेका छौं ।

अहिले त सबै आदिवासी जनजाति सबैको लागि भनेर महासंघ बनाइएका छ । केही त गरियो नि, होइन र ?

जनजाति महासंघ त राम्रो हो नि । गर्नुपर्ने कामहरु धेरै छन् । यस्तो विशाल क्षेत्र छ काम गर्नको लागि । तर पनि केही गर्न सकेनौँ । योग्य मान्छे नै पुगेन त्यहाँ ।

महासंघमार्फत आफ्नो हक अधिकारको लागि आन्दोलन त धेरै थोरै गरिरहेकै हो नि । होइन ?

कहाँ त्यसलाई आन्दोलन भन्ने र । त्यस्तो आन्दोलनले नि केही हुन्छ ? अझ धेरै गर्नुपर्छ हामीले ।

संविधान बन्नु अगाडि माओवादीहरुले जनयुद्ध गर्दा पनि जातीय मुक्तिको लागि भनेर गरेको थियो । यति गरेर संविधान सभा भन्यो, संविधान आयो । यो संविधान कस्तो आयो त?

यो पनि हाम्रो लागि आएको संविधान हो र ? यो भन्दा त बरु राजा महेन्द्रको मुलुकी ऐनले दिएको थियो । त्यसको मुकाबिला गर्ने अहिले केही दस्तावेज बनेकै छैन । दलित, महिला र जनजातिहरुको लागि पनि जो अधिकार दिएको छ, त्यसको तुलनामा यसले केही पनि दिएको छैन । खालि माछा माछा भ्यागुतो दियो, लालिपप दिएर चुस्न लगाएको छ । तर यथार्थमा हेर्दा अधिकार भनेको यसमा केही नै छैन ।

यस्तो कसरी भयो ? जनजातिहरु सचेत भइसकेका थिए, लडिरहेका थिए, सडकमा पनि थिए, सदनमा पनि थिए । तर हेर्दाहेर्दै केही पनि नपाउने संविधान कसरी आयो जस्तो लाग्छ ? यस्तो किन भयो ?

किन भयो भन्दाखेरि हाम्रै कमी कमजोरीले गर्दा यस्तो भएको हो । सडक ततायो भन्नुहुन्छ, के ततायो सडक ? खाली जुलुस हिँडेर मात्र त सडक तातिँदैन । कि गोविन्द केसीजस्तो अनसन बस्नुपर्‍यो । त्यो लु आइज भनेको बेला गयो, अनेकौं लुगाफाटा लगायो बाजा बजायो नाच्यो, यसो हिँड्यो, फर्केर आयो । यति गरेर मात्र त सडक तातिँदैन नि ।

हामीले मूलमन्त्र जस्तो आफ्नो हक र अधिकारलाई समातेर देश हल्लाउनु पर्‍यो । भन्नु पर्‍यो, यो हामीलाई चाहियो भने ।

अहिले मधेसीको मागेर के के पाइसके । हामी जनजातिले केही मागेकै छैनौं । कहिले माग्यौं ? जनजातिले आफ्नो भलाइको लागि केही मागै राखेको छैन । अर्काको जुलुसमा मात्र भेँडा र बाख्राजस्तो हिँडेर हुन्छ ? खोई हामीले माग राखेको ?

एक त हामीलाई के चाहिएको छ त्यो नै हामीलाई थाहा छैन ।

त्यसो भए आदिवासी जनजातिहरुलाई के चाहिएको छ जस्तो लाग्छ?

हामीलाई एउटा सुखी सम्पन्न नेपालीले भोग गरेको सबै चिज चाहिएको छ । हामी मात्र नेपाली होइनौं ? किन यो सरकारले हामीलाई जागिर खाने अधिकार नदिएको ? बाहुन क्षेत्रीहरु चाहीँ प्रधानमन्त्री बन्ने, हामी किन बन्न नसक्ने ? यत्रो वर्ष तपाइँले हामीलाई कमारा बनाएर राख्यो, पिपा बनाएर राख्यो, ढोके बनाएर राख्यो । यत्रो वर्ष प्रगति गर्ने उन्नति गर्ने ढोका बन्द गरेर राखेपछि आज त्यसको क्षतिपूर्ति गर्नु पर्छ । यो भनेको आज हाम्रा नानीहरुलाई निःशुल्क पढाउनु पर्‍यो, उच्च शिक्षा दिलाउनु पर्‍यो ।

जस्तै चिकित्सा वा इन्जिनियरिङ क्षेत्रमा यति प्रतिशतले जनजाति भित्रको भएसम्म अरुले पढ्न नपाइने भनेर सकारात्मक विभेदको योजना आउनु पर्‍यो । त्यस्तै सेनामा यति प्रतिशत जनजाति नै राख्नुपर्ने भन्ने नियम बनाउनु पर्‍यो । अनि उद्योगधन्दा सञ्चालन गर्नेमा पनि जनजातिहरु भएसम्म अरुलाई अनुमति र सुविधा नदिने भन्ने जस्ता योजनाहरु ल्याउनु पर्‍यो। हरेक ठाउँमा उनीहरुलाई निश्चित प्रतिशत आरक्षण गरिदिनुपर्‍यो । भारतमा त्यस्तै छ त त्यहाँका जनजातिहरु आज माथि उठ्न पाइरहेका छन् । यसरी आज आदिवासीहरुको ठाउँ सुरक्षित बनाइदिनुपर्‍यो । उनीहरुलाई पनि योग्य र क्षमता वान् बन्ने अवसर हुनुपर्‍यो ।

अहिले जातीय पहिचान सहितको राज्य भएको संघीयता नै चाहिन्छ, त्यसबाट मात्रै आदिवासी जनजातिको हकहितको सुरक्षा हुन्छ भन्ने माग अहिले भइरहको छ । त्यो कस्तो लाग्छ?

यो पनि जनजातिहरुले माग्नु पर्ने र चाहिने कुरा हो । आफ्नै राज्य भएपछि उसलाई आफ्नो लागि आफुले गर्ने ठाउँ हुन्छ । र आफ्नो ठाउँमा आफ्नो ढंगले उसले सिक्छ नि ।

यसबाहेक दुइ राज्यका बीचमा पनि विकासको प्रतिस्पर्धा हुन्छ । एउटा राज्यले अर्को राज्यमा भएको विकास हेर्छ र भन्छ, उसले त्यहाँ हाइस्कुल खोलिसक्यो, बाटो खुलिसक्यो, रेल चलाइसक्यो, हाम्रो राज्यमा यस्तो छैन । अनि प्रतिस्पर्धामा आउँछ, समग्र देशकै विकास हुन्छ ।

तर हामी कहाँ चुक्यौं त ? हामीले माग मात्र राख्यौं तर त्यो पाउनको लागि गर्नुपर्ने संघर्षहरु गरेनौं कि?

गर्दै गरेनौ नि । माग पनि कहाँ राखेर नि राज्य पाइन्छ ? सानो नानीले सानो स्वरमा मात्र रोयो भने आमाले दूध खुवाउँदैन, चिच्याएर रुनु त पर्‍यो, अनि आमाले सुन्छ, अनि दूध खुवाउँछ । यहाँ त मागेकै मिलेन । माग्ने ढंग पनि पुगेन ।

आजको दिनमा जनजातिहरुले आफ्नो हक अधिकारको लागि के गर्दा उपयुक्त हुन्छ जस्तो लाग्छ ?

जनजातिहरुले केही गर्न सक्दैन । सक्ने भए त गरेर देखाइहाल्थ्यो नि । तर सक्दैन भनेर चुप लागेर बसेर पनि हुँदैन ।

म जनजाति महासंघको अध्यक्ष भएको भए अहिलेसम्म जनजातिका लागि आफ्नै घर हुन्थ्यो, एउटा पुस्तकालय हुन्थ्यो, संग्रहालय हुन्थ्यो, शिक्षालय हुन्थ्यो, कलेज हुन्थ्यो । सुझबुझ पनि नभएकाहरु भाडाको एउटा घरमा बसेका छन्, भत्ता खाएका छन् । यता उता गरेका छन् । त्यस्ता मानिसदेखि के आस गर्ने? यत्रो संविधान बन्दा नि उनीहरुले दिएको कुनै नीति परेन ।

अब गर्ने हो भने जनजाति महासंघले के गर्नु पर्छ?

विदेशले कसरी विकास गर्ने भनेर हेर्नुपर्‍यो । उनीहरुको विकासबाट प्रेरित होऔं । जनावरहरुको व्यवहार हेरौं न । उनीहरुमा एकता भयो भने शत्रुलाई नमारी छोड्दैन । एकता भनेको यति ठुलो कुरा हो । यो कुरा हामी जनजातिहरुले सिक्नु पर्छ ।

यस्तो ताल हो भने आदिवासी जनजातिले सबै राज्यको अधिकार पाउन एक दुई पुस्ता त पर्खनै पर्छ जस्तो देख्दैछु ।

त्यस बीचमा हामीले गरिहाल्नु पर्ने कुरा भनेका सबैले आआफ्नो छोराछोरीहरुलाई शिक्षा दिलाउनु पर्‍यो । कुनै गरिब देख्यो भने दान गर्न मन लाग्छ भने उसको शिक्षाको लागि गर्नु पर्छ । @ इसमता |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution