हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

आदिवासी जनजातिलाई समानुपातिक समावेशीको लागि आन्दोलन गर्न सभामुख ओनसरी घर्तीको आग्रह

Onsari-Gharti

काठमाडौं : सभामुख ओनसरी घर्तीले जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक रहेको भन्दै त्यसका लागि आन्दोलन गर्न आदिवासी जनजातिहरुलाई आहृवान गरेकी छन् ।

आदिवासी जनजातिले उठाएका राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व र समानुपातिक निर्वाचन प्रणालीको मागप्रति आफ्नो पूर्ण समर्थन रहेको भन्दै संविधानमा टेकेर अधिकार प्राप्तिका लागि आन्दोलन गर्न आग्रह गरिन् ।

आदिवासी जनजाति सम्बद्ध संस्थाहरुले शनिबार कठमाडौमा गरेको संविधान संशोधनमा आदिवासी जनजातिहरुका सवाल विषयक अन्तक्रिर्यामा सभामुख घर्तीले विभिन्न राजनीतिक दलका सांसद्कासामु अधिकार प्राप्तिका लागि गर्ने आन्दोलनमा आफूले साथ दिने समेत बताइन् । उनले आन्दोलन गर्दा प्राप्त उपलब्धिको कार्यान्वयन गर्न पनि दवाब दिइनुपर्ने अन्यथा भविष्यमा अधिकार प्राप्तिको बाटो नै बन्द हुने बताएका छन् ।

सभामुख घर्तीले आदिवासी जनजातिले उठाएका माग सम्बोधनका लागि संविधान संशोधन अनिवार्य रहेको भन्दै प्रमुख दलहरुले संविधान संशोधन गरेर असन्तुष्टि सम्बोधन गर्नेमा आफू आशावादी रहेको बताइन् ।

कार्यक्रममा राजनीतिशास्त्री कृष्ण हाछेथुले सबैको अपनत्वका लागि संविधानको धारा ४, ४२(१०, ५६(३० र धारा ८४ संशोधन गर्नुपर्ने तथा धारा २२० खारेज गरिनुपर्ने बताइन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution