हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

भारतमा श्रीमती भेट्न निस्केका गोपाल तामाङ नफर्किदा तीन छोरी विचल्ली

राजविराज – साढे एक महिनाअघि तीन छोरीलाई घरमा छोडेर आमालाई भेट्न जान्छु भन्दै निस्किएका गोपाल तामाङ बेपत्ता भएका छन् । श्रीमति जसमाया तामाङलाई  भेटन् हिडेको तामाङ घर नफर्किएपछि छोरीहरुको बिचल्ली भएको छ ।

सप्तरीको तेरहौता ५ की जसमाया तामाङ परिवारको भविष्यका लागि भारतको दिल्ली छिरेकी थिइन् । लामो समयसम्म जसमायासँग सम्पर्क नभएपछि भेंटन भनी जसमायाका श्रीमान गोपाल पनि गत असार २१ गते दिल्ली हिंडेका थिए । तर घरबाट निस्किएका बुवा गोपाल फर्केर नआएको उनका छोरी दिब्या तामाङले जानकारी दिईन । श्रीमति दिल्लीमा रहेकाले गोपालले १७, १५ र सात वर्षीया तीन छोरीको हेरचाहा गर्दै आएका थिए ।

आमा भएको ठाँउमा पनि नपुगेको, कुनै आफन्तकहाँ पनि  नभएको र फोन सम्पर्क समेत नभएको बताउँदै साढे एक महिनादेखि बुवा सम्पर्कबिहिन रहेको छोरीहरुले जानकारी दिए । लामो समयदेखि भाई सम्र्पकमा नआएपछी खोजिका लागि गोपालका दाजु सनमान तामाङले ईलाका प्रहरी कार्यालय रुपनीमा जाहेरी दिएका छन् ।

जसोतसो बुवाआमा दुबैको माया दिएर हुकाईरहेका बुवा गत असार २१ गते विहान दिल्ली जान तयार पर्नुभएको थियो,’ १७ वर्षीया छोरीले भनिन, ’बहिनीहरु सुतिरहेका थिए । बहिनीहरुको रेखदेख गर्नु म दिल्ली पुगेर आउँछु भनेर जानुभएको हो, अत्तोपत्तो छैन् ।’ बुवालाई सम्झिदै उनी छटपटिइन् । ’सानी बहिनीले जतिबेला पनि बावालाई बोलाइदे भन्छ । मलाई पनि बुबाको याद आइरहन्छ, उनले पीडा पोखिन् ।

गोपालका दिदी पशुमाया तामाङले भनिन्– ’आमा दिल्लीमा र हेरचाहा गर्ने बुवा समेत बेपत्ता भएपछि अब यिनीहरूको बिचल्ली हुनेभयो ।’ उनीहरूको पढाई र भविष्यबारे चिन्ता लागे पनि आफ्नो घरको आर्थिक अवस्था कमजोर भएका कारण पालन पोषणमा समस्या भएको बताइन् । @ वाईलाइन (तामाङ समाचार डेक्स) 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution