हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

हिजो बस खसेको ठाउँ नजिकैबाट ट्रक पनि खस्यो,मुग्लिन–नारायणगढ सडकखण्डको यात्रा जोखिम

चितवन, ११ भदौ – मुग्लिन नारायणगढ सडकखण्डमा शनिबार फेरि अर्को दुर्घटना भएको छ।

शुक्रबार बिहान बस खसेको ठाउँ नजिकै ट्रक दुर्घटना भएको हो। ना ३ ख ४५५६ नम्बरको ट्रक शनिबार बिहान साढे ५ बजे अनियन्त्रित भएर झण्डै एकसय मिटर तल नदीमा खस्दा ट्रकमा रहेका ७ जना घाइते भएका छन्।

शुक्रबार बस खसेको ठाउँ र शनिबार ट्रक खसेको ठाउँ झण्डै ३ किलोमिटरको दूरीमा रहेको चितवन प्रहरीले जनाएको छ। शुक्रबार बिहान गौरबाट पोखराको लागि छुटेको बस चण्डिभन्ज्याङ गाविस कालीखोलाबाट नदीमा खसेको थियो।

यो ठाउँबाट मुग्लिन २ किलोमिटरको दूरीमा पर्छ। शनिबार ट्रक दुर्घटना भएको ठाउँ जलबिरे मुग्लिनबाट झण्डै ५ किलोमिटरको दूरीमा पर्ने प्रहरीले जनाएको छ।

मुग्लिन–नारायणगढ सडकखण्डको यात्रा जोखिम

बाहिरी जिल्लालाई काठमाडौंसँग जोड्ने मुख्य बाटो मुग्लिन-नारायणगढ सडकखण्डको यात्रा झन् झन् जोखिमपूर्ण बन्दै गएको छ। दिनहुँ दुर्घटनाका खबर सुन्दा यात्रु र चालकलाई चिन्ता थपेको छ।

चीनको सहयोगमा ३४ वर्षअघि बनेको नारायणगढ-मुग्लिन सडकमा अहिले दैनिक ८ हजार गाडी गुड्छन्। पोहोर वैशाखदेखि फराकिलो बनाउन थालिएको यो सडक बिस्तारको काम चलिरहेको छ। त्यसैले पनि सडकमा गाडी चलाउन असहज छ भन्नुहुन्छ नारायाणगढ मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनाल।

सडक बिस्तारका क्रममा पहाड फोडिएका कारण ३६ किलोमिटर सडकमा सानाठुला गरी ३२ ठाउँमा पहिरोको जोखिम छ। यसैले यो सडकमा गाडी चलाउन निकै डर लाग्ने बस चालक कृष्ण लामाले बताए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution