हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

विवाहित महिलाहरुले परपुरुषसँग अवैध सम्बन्ध राख्नुको ५ कारणहरु

विवाहित महिलाहरुले आफ्नो पति हुँदाहुँदै परपुरुषसँग किन अवैध सम्बन्ध राख्छन् त ? प्रश्न निकै जटिल छ । कुनै पनि परपुरुषसँग शारीरिक सम्बन्ध राख्ने इजाजत हाम्रो संस्कृतिले दिँदैन । तर पनि कतिपय महिलाहरु परपुरुषसँग आकर्षित हुने गरेको पाइन्छ । यसको कारण व्यक्तिगत रुपमा फरक-फरक हुनसक्छ । त्यसमा पनि मुख्यतया पाँच कारण नै बढी जिम्मेवार हुने गरेको पाइन्छ ।

१. एक्लोपना

पुरुषहरु प्राय: काममा व्यस्त हुने भएकाले घरबाहिर नै रहन्छन् । उनीहरुले पत्नीलाई पर्याप्त समय दिन सक्दैनन् । अझ हाम्रोजस्तो मुलुकमा त हजारौँ युवा विवाह गरेर विदेशिएका छन् । यस्तो अवस्थामा लामो समयसम्म उनीहरुबीच भेटघाटसमेत हुँदैन । यता पत्नीहरुलाई भने एक्लोपनाले सताउन थाल्छ । यौन चाहना पनि विस्तारै बढ्दै जान्छ । अनि नचाहेरै पनि उनीहरुमा विकल्पको सोच उत्पन्न हुन्छ । जसले उनीहरुलाई परपुरुषको जालमा पुर्‍याउँछ ।

२. बढी उमेरको वा मन नपरेको जीवनसाथी

हामीकहाँ विवाह अझै पनि आफूलेमात्र चाहेर हुने अवस्था छैन । त्यसमा परिवारको पनि स्वीकृति अनिवार्य मानिन्छ । अझै धेरैले त बाबुआमाले खोजेको वा अभिभावकले मात्र मन पराएको केटासँग विवाह गर्छन् । यस्तो अवस्थामा जीवनसाथी आफूले चाहेको र मनपराएको जस्तो नहुन सक्छ । कतिपय बढी उमेरका हुने गरेको पाइन्छ भने कतिपयको रुपरंग मन नपर्ने खालको हुनसक्छ । यस्तो अवस्थामा पत्नीहरु पतिप्रति विकर्षित र परपुरुषप्रति आकर्षित हुने जोखिम बढ्छ ।

३. यौन समस्या

कतिपय पुरुषमा के पनि समस्या हुन्छ भने उनीहरु आफ्नो पत्नीलाई यौनसम्बन्धका दौरान पूर्ण सन्तुष्टि दिन सक्दैनन् । यसमध्ये केहीमा यौन समस्या हुने गरेको पाइन्छ भने केहीले पार्टनरको फिलिङ्सलाई ख्याल नराखी सम्बन्ध राख्छन् । यसले महिलालाई पूर्णसन्तुष्टि दिन सक्दैन । अनि उनीहरु परपुरुषप्रति आकर्षित हुन थाल्छन् ।

४. पश्चिमी प्रभाव

पश्चिमी समाज हाम्रो तुलनामा निकै उदार छ । त्यहाँ विवाह र सम्बन्धविच्छेद निकै आमविषय हुन् । मन पर्दा सम्बन्ध जोड्छन्, नपरेको दिन छुट्टिन्छन् । यस्तो गर्दा पनि समाजले केही चासो राख्दैन । विवाह नै नगरी सँगै बस्दा पनि कसैको टाउको दुखाई हुँदैन । अहिले युवापुस्तामा त्यस्तो कल्चरप्रतिको आकर्षण निकै पाइन्छ । उनीहरु पनि त्यस्तै स्वतन्त्रता चाहन्छन् । जसले हाम्रो समाजमा गलत मानिने परपुरुष सम्बन्धतर्फ आकर्षित गराउन भूमिका खेलिरहेको छ ।

५. पैसाको चाहना

प्राय महिलाहरु खर्चको मामलामा पुरुषभन्दा केही अघि हुन्छन् । त्यसो त खर्च गर्नुपर्ने ठाउँहरु पनि महिलाका लागि धेरै हुन्छ । स‌गारपटार, लुगाफाटो, गरगहना अनि विलाशितामा महिलाहरुको विशेष चाख पाइन्छ । साथीसंगीहरु ठाँटिएर हिँड्दा र विलाशी जीवन बिताउँदा स्वभाविक रुपमा उनीहरुलाई पनि लोभ्याउँछ । यस्तो अवस्थामा जब पतिले आफ्ना सानाभन्दा साना आकांक्षाहरु पनि पूरा गर्न सक्दैन, तब महिलाहरु परपुरुषतर्फ आकर्षित हुन्छन् । – एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution