हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

दुई महिनाकी सुत्केरीमाथि घाँटीमा चक्कु तेर्सासाएर बलात्कार

सुनसरीको धरान–१५ श्यामचोकनजिकको सुकुम्वासी बस्तीमा बुधबार राति एकजना दुई महिने सुत्केरी महिलामाथि बलात्कार गरिएको छ ।

राति करिब ९ बजे श्रीमान् घरमा नभएको बेला सुतिरहेको अवस्थामा छिमेकी एक युवकले चक्कु देखाउँदै नजिकै रहेको आफ्नै घरमा लगेर रातभर बलात्कार गरी बेहोश अवस्थामा छाडेको पीडित महिलाले बताएकी छिन् ।

घाँटीमा चक्कु राखेर करीब दुई महिनाको दूधे बालकसहित जबर्जस्ती घरबाटै उठाएर लगेको पीडितको भनाई छ । बिहान होस खुल्दा रगत बगिरहेको अवस्थामा आफू तिनै युवकको घरको पेटीमा सुतिरहेको उनले सुनाइन् । प्रतिकारको प्रयास गर्दा पनि ती युवकले छुरा देखाएर जबर्जस्ती गरेको बताउँदै भनिन्,छाडदिन आग्रह गर्दा पनि जर्बजस्ती गरिरहे मैले पीडा खप्नै सकिन् ।

छिमेकीले उनलाई बिहीबार बिहान रगतपच्छे अवस्थामा भेटेका थिए । पति रिक्साचालक भएकाले राति अबेर आउने गरेको मौका छोपी ती युवकले उनलाई आप्mनै घरमा लगेर बलात्कार गरेको छिमेकीले बताएका छन् । उनीहरुले ती युवकसमेत घरमा एक्लै भएको समयमा बलात्कार गर्न सफल भएको जनाए ।

राति श्रीमान् घरमा पुग्दा श्रीमतीलाई नभेटेपछि छिमेकीको सहयोगमा रातभर खोजी गरेका थिए । राति नभेटिएकी उनी बिहान छिमेकीकै घरमा रक्ताम्य अवस्थामा भेटिएपछि मात्रै उनी बलात्कृत भएको खुलेको थियो । अपहरण नै गरेर गरिएको विभत्स बलात्कारको घटनामा संलग्न भने फरार छन् ।

डीएसपी ढकेन्द्र खतिवडाले पीडितको जाहेरी आएको र स्वास्थ्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताए । उनले घटनामा संलग्नको खोजी भइरहेको बताए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution