हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

एकैरातमा ३ वटा गुम्बाको दान पेटिका चोरी

ताप्लेजुङ । ताप्लेजुङ नगरपालिका क्षेत्र भित्र रहेका बौद्ध गुम्बाहरुमा चोरीको शृङ्खला बढ्न थालेको छ । मंगलबार राति ताप्लेजुङ नगरपालिका भित्रकै तीन वटा गुम्बाको दान पेटिका एकैसाथ चोरी भएको छ ।

ताप्लेजुङ नगरपालिका ६ स्थित सुकेटारमा रहेको तासी छ्योर्लिङ गुम्बा, सागा छ्योर्लिङ गुम्बा र निङ्मा छ्योखोलिङ गुम्बामा रहेको दान पेटिका एकसाथ चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो गुम्बाहरुमा चोरी लागेको यो चौथोपटक हो । तर अहिले सम्म प्रहरीले चोरीमा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन । चार पटकनै गुम्बाको ढोका फोडेर चोरी भएको देखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले बताए ।

तीन वटा गुम्बाको दान पेटिकाबाट हाल सम्म दश लाख भन्दा बढि रकम चोरी भएको स्थानीय लामाहरुको अनुमान छ । लामो समयसम्म नखोली राखेको कारण पहिलो पटकमानै ठुलो रकम चोरी भएको र त्यस पछि पनि बाक्लो संख्यामा गुम्बा दर्शन गर्न आउनेहरुले दान पेटिकामा रकम दान गरेकाले ठूलो रकम चोरी भएको उनहिरुको अनुमान छ ।

गुम्बामा दिउँसोको समयमा लामा बस्ने भएका कारण रातको समयमा चोरी हुने गरेको पाइएको डिएसपी केसीले बताए । शेर्पा समुदाय र बौद्ध धर्म मान्नेहरु गुम्बामा दर्शन र पुजाका लागि बढी आउने र मोटो रकम दान पेटिकामा हाल्ने भएकाले चोरको नजर गुम्बाको दानपेटिकामा परेको हुनसक्ने डिएसपी केसीले बताए ।

चोरीमा संलग्नको पहिचान नभएको र गुम्बाहरुमा सीसी क्यामरा समेत नभएकाले चोर समाउन समस्या भएको प्रहरीको दावी छ । ‘एक पटक चोरी भए पछि गुम्बा व्यवस्थापन समिति र लामाहरु पनि सचेत हुनुपर्ने हो, तर त्यस्तो सजकता देखिएन’ डिएसपी केसीले भने ।

गुम्बा रहेको क्षेत्रमानै अस्थाई प्रहरी चौकी पनि भने जिल्ला प्रहरी कार्यालय चोरी भएको गुम्बादेखि दुई किलोमिटरको दुरीमा रहेको समाचार अनलाइनखबरमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution