हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

भगवान कृष्णको मृत्यु कसरी भएको थियो ? सामान्य शिकारीले हानेको वाण लागेर …..

  death-of-krishna-1

आज कृष्ण जन्माष्टमि। हिन्दुहरुले श्रीकृष्ण मन्दिरमा पूजा आराधना गरी जन्माष्टमि मनाउँदैछन्। कृष्णको जन्म कसरी भएको थियो, उनका विभिन्न पराक्रमका कथाहरु त हामीले सानैदेखि सुन्दै आएका नै छौँ। तर कृष्णको मृत्युबारे भने खासै चर्चा हुँदैन। हुनत भगवानको मृत्युको पनि के कुरा गर्नु भनेर होला। तर महाभारतमा कृष्णको मृत्युको पनि प्रसंग उल्लेख नभएको भने होइन है।

महाभारतमा मौसल पर्व नामको एउटा अध्याय छ जसमा मृत्यु प्रसंग सविस्तार उल्लेख छ। त्यत्रो पराक्रम गर्ने कृष्णको मृत्यु एउटा वाण लागेर भएको हुन्छ। त्यो पनि कुनै महावीरले हानेको हैन, सामान्य शिकारीले हानेको। त्यो पनि खुट्टामा।

महाभारत युद्ध सकिएको हुन्छ। गान्धारीले कृष्णलाई सराप दिन्छन्- रोक्न सक्ने युद्ध पनि नरोकेको भन्दै। ३६ वर्षपछि उनको मृत्यु र यदुवंश पूरै सखाप हुने भन्दै।

समय बित्दै जान्छ। एक दिन कृष्णको छोरा साम्बाले महिलाको भेषमा लुगाभित्र ढुंगा राखेर ऋषिलाई सोध्न जान्छन्- यसको छोरा जन्मिन्छ कि छोरी। ऋषिलाई झोँक चल्छ। त्यसरी जिस्केको थाहा पाएपछि त्यो पेटमा भएकोले सम्पूर्ण यदुवंशलाई सखाप पार्नेछ।

यो दोस्रो सराप रहेछ।

त्यो पेटभित्रको ढुंगा माछाले खाएर त्यो माछा समात्ने एक शिकारीले त्यो ढुंगाबाट वाण बनाउँछन्।

समुद्र छेउमा रमाइलो गर्न गएका यदुवंशीहरु मदिराले लट्ठ भएर एक अर्काको दोष बताउन थाल्छन्। एक अर्कासित झगडा गरेर उनीहरुको मृत्यु हुन्छ।

बलरामको पनि मृत्यु हुन्छ। अनि एक दिन जंगलमा बसिरहेका बेला जिरु नामका शिकारीले कृष्णको खुट्टाको औँलालाई हरिण ठान्छन् र वाण चलाउँछन्। त्यही वाण लागेर कृष्णको मृत्यु हुन्छ। जीवन भर त्यत्रो पराक्रम गर्ने महापुरुषको मृत्यु जाबो खुट्टामा लागेको वाणका कारण नहुनुपर्ने। शायद वाणका कारण टिटानस लागेर पो मृत्यु भएको थियो कि। अथवा ‘प्रभुको इच्छा’, ‘प्रभुको माया’ भन्दिए भो।

कृष्णको मृत्युसँगै द्वापर युग समाप्त हुन्छ र हामी अहिले बाँचिरहेको कलियुग सुरु हुन्छ। @ माइसंसार |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution