हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

ज्याम्याङ लामा स्मृति दिवसको अवसरमा सञ्चारकर्मी विष्णु दोङ तामाङ सम्मानित

bishnu
काठमाडौं । तामाङ समुदायमा सञ्चार क्षेत्रबाट पु¥याएको योगदानलाई कदर गर्दै सञ्चारकर्मी विष्णु दोङ तामाङलाई मंगलबार सम्मान गरेको छ । ९७ औं ज्याम्याङ लामा स्मृति दिवसको अवसरमा राजधानीमा तामाङलाई एक हजार पाँच सय नगद र सम्मानपत्र सहित सम्मान गरिएको हो ।
सम्मानित तामाङ रेडियो मिरमिरे एफएम ८९.४ मेगाहर्जमा दैनिक तामाङ भाषाको कार्यक्रम तामाङ म्हारमेनको प्रस्तोताका साथै संयोजक पनि हुन् । तामाङले यसअघि २०६० सालमा आफ्नै सम्पादनमा तिमाल टाईम्स मासिकबाट सञ्चार क्षेत्रमा आवद्ध भएर काम गर्न थालेका थिए । उनले छयोर्तेन मासिकमा सहसम्पादक, तामाङ सन्देश मासिक र सिनेम्हन्दो मासिक पत्रिकामा प्रकाशक तथा प्रधान सम्पादक, तामाङ सरोकार पाक्षिक र ताम्सालिङ पाक्षिकमा स्तम्भकारका रुपमा काम गरी सकेका छन् । त्यस्तै टाईम्स एफएम ९०.६ मेगाहर्जमा ‘सेमला ताम’, रेडियो जनसञ्चार लगायतमा काम गरी सकेका छन् ।

ज्यााम्याङ लामा स्मृति प्रतिष्ठानले आयोजित कार्यक्रममा तामाङ घेदुङ भाष, लिपि साहित्य विभागले सहयोग गरेका थिए । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तामाङ घेदुङका पुर्व अध्यक्ष कुमार योञ्जन तामाङले गरेको हो । कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, भाषाविद् अमृत योञ्जन, जय गोले, प्रतिष्ठानका संरक्षक सिता गोले लगायतले उपस्थिति जनाएका थिए ।
अतिथिहरुले बहुमुखी प्रतिभाका धनी स्वर्गीय ज्याम्याङ लामाले तामाङ समुदायलाई पु¥याएको योगदान माथि चर्चा गर्दै सम्मानित तामाङलाई शुभकामना व्यक्त गरेका छन् । गायक चन्द्रकुमार मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भने संस्थाका सचिव गोले केआर चालिसेलीले गरेका थिए ।

ज्याम्याङ लामाको परिचय

jyam

नामः ज्याम्याङ लामा तामाङ गोले
जन्म : वि.स.१९७६, भाद्र खी ल्हो
जन्मस्थान : लामाडाँडा, दाप्चा गा.वि.स.–८ काभ्रेपलाञ्चोक
बुबा : गावाङ दोर्जे लामा
आमाः ठाकु ल्हामो स्याङदान
श्रीमती : छयोइकु ग्लान तामाङ
छोरा : निङदोर्जे तामाङ
छोरी तिनजना : सीता, गुणा र सरस्वती
अध्यान तथा कर्मकाण्ड

घरमा नै बुबासंग लामा लिपि पढ्न, लेख्न र लामा कर्मकाण्ड सिकेको, बोम्बो टा ((एक महिना) पञ्चशील पालन पाठ, छयाबुम (एक महिना) एक लाख क्यापडो पाठ, सेमखी हिग्ये मेन्डल दोर थाप÷लामी नारग्योर (दुई महिना), थुची छयाम्पो (४० दिन गुफा), थुडुप (४० दिन गुफा), लामा रेन्जेन डुन्दुइ (एक महिना), रिटुप नेग्युङ (एक महिना), डुकुर नाम्सोङको अध्ययन, डाकार गुम्बा, तिब्वत (नौ महिना), नेपाली लेखपढ अनौपचारीक रुपमा घरमै सिकेको ।

लेखन/प्रकाशन

२०२२ : तामाङ डम्फाला काइतेन व्हाइ (रुइछेन च्योप्के तम्बा काइतेन २०३८)
२०३८–२०५५ : दुई दर्जन तामाङ गीत सङ्कलन गरेको ।
गायन : २०१३ देखि २०१५ सम्म रेडियो नेपालबाट तीन वटा तामाङ र नेपाली गीत गएका थिए ।

संघ-संस्था

तामाङ सेवा समिति गठन गर्नमा सक्रिय भूमिका खेलेको २०१३
भ्याक्सिन खोप दिइ समाजसेवामा संलग्न रहेको २०२४ देखि २०२५
अध्यक्ष : विद्यालय सञ्चालक समिति, कृष्ण प्राथमिक विद्यालय दाप्चा २०२६ देखि २०३५
सभापति : नेपाल किसान संगठन, दाप्चा गाउँ पंचायत, काभ्रेपलाञ्चोक २०२८ देखि २०३५
पदेन सदस्य : नेपाल किसान संगठन, काभ्रेपलाञ्चोक जिल्ला पंचायत,
मूल लामा, लेखपानी गुम्बा, आसाम, भारत २०३२ देखि २०३३
समाजमा लामा कर्मकाण्ड र रोगब्याथाको उपचार गरी सेवा पु¥याएको ।
भ्रमण : नेपालका मध्यामाञ्चल तथा पूर्वञ्चलका जिल्लाहरु, भुटान, र भारतको पूर्वाञ्चल क्षेत्र दार्जीलिङ, सिक्किम, असम, नागालैंड तथा मणिपुर ।

साभार:नाम्सादिम 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution