इटलीमा गएको भूकम्पमा परि ७० जना भन्दा बढीको मृत्यु

मध्य इटलीको पहाडी क्षेत्रमा ६.२ म्याग्नीच्युडको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ। पछिल्लो विवरण अनुसार ७० जना भन्दा बढीको ज्यान गइसकेको छ।
भूकम्पका कारण ज्यान गुमाउनेहरुमध्ये अधिकांस पेस्कारा देल त्रोन्तो नगरका बासिन्दा रहेको र सो नगरमा अधिकांस भवनहरु क्षतिग्रस्त भएका छन्।
भूकम्पका कारण एमाट्रीस नगरका धेरै भवनहरुमा क्षति पुगेको छ भने नजिकैको अक्कुमोली नगरमा एकै परिवारका चार जनाको ज्यान गएको छ।
स्थानीय समय अनुसार ०३.३६ बजे गएको भूकम्पको केन्द्रबिन्दु इटलीको राजधानी रोमदेखि १०० किलोमिटर उत्तरपूर्वमा रहेको बताइएको छ।
भूकम्पको केन्द्रबिन्दु अक्कुमुली क्षेत्रमा करिव १० किलोमिटर गहिराईमा रहेको अनुमान गरिएको छ।
सो भूकम्पको झट्कालाई सन् २००९को एप्रील महिनामा गएको अक्वीला भूकम्पसँग तुलना गरिएको छ।
उम्ब्रिया, लाजियो र ले मार्चे क्षेत्रमा भूकम्प आइरहँदा राजधानी रोमका केही भवनहरु करिव २० मिनेटसम्म हल्लिएका थिए।
भूकम्पको झट्कालाई उत्तरमा बोलोग्नादेखि दक्षिणमा नेपल्ससम्म महसुस गरिएको थियो।भूकम्पपछि परकम्पनहरु जाने क्रम जारी रहेको छ। @ बीबीसी