हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

नेपाली कांग्रेसका युवा नेता गगन थापा मन्त्री बन्ने निश्चित

gagan-thapa

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने बाँकी मन्त्रीको नाम आज टुंगो लगाउँदैछ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र सरकारमा कांग्रेसको नेतृत्व गरेका उपप्रधानमन्त्री विमलेन्द्र निधिले छलफल गरेर नाम टुंगो लगाउनेछन् ।

पौडेल पक्षलाई समेत चित्त बुझाउनेगरी देउवाले मन्त्रीको नाम टुंग्याउने तयारी गर्नुभएको छ । कांग्रेसबाट मन्त्री बन्नेहरुमा सीतादेवी यादव, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. प्रकासशरण महत, बालकृष्ण खाँण, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, शङ्कर भण्डारी, गगन थापा, फरमुल्लाह मन्सुर, दीपक गिरी, नविन्द्रराज जोशीलगायतको नाम बढी चर्चामा छ ।

यसअघि गृह मन्त्रालय नपाएका कारण सरकारमा नगएका केसी शिक्षा मन्त्रालयको जिम्मेवारी लिन तयार हुनुभएको छ । यस्तै कोइराला र महतमध्ये एक जनाले परराष्ट्र मन्त्रालय सम्हाल्ने छन् । यसअघि परराष्ट्र मधेसी मोर्चाको लागि छुट्याइएपनि उ सरकारमा जाने, नजाने अनिश्चित भएकाले अहिले कांग्रेसले नै लिने सहमति भएको एक नेताले जानकारी दिए । उनका अनुसार शेखर कोइरालाले परराष्ट्र पाएमा प्रकाशशरण महत मन्त्री बन्नुहुने छैन ।

यस्तै कांग्रेसका युवा नेता गगन थापा मन्त्री बन्ने निश्चित भएको पनि ति नेताले बताए । मंगलबार नेता कृष्णप्रसाद सिटौला र देउवाबिचको छलफलमा थापालाई मन्त्री बनाउनेबारे कुरा भएको हो । कांग्रेसले यसअघि उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा रमेश लेखकलाई पठाइसकेको छ ।

कांग्रेस सभापति देउवा शुक्रबार उपचारका लागि सिङ्गापुर जाने कार्यक्रम भएकाले त्यसअघि नै कांग्रेसबाट सहभागी हुने सबै मन्त्रीलाई शपथ गराउने तय भएको छ । मन्त्रीको टुङ्गो लागेपछि पार्टीमा रिक्त पदाधिकारी र विभागलाई पूर्णता दिने कांग्रेसको तयारी छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution